Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निमार्ण गर्दै

डेक्स

डेक्स

डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निमार्ण गर्दै
ADVERTISEMENT

डुडुवा २५ जेठ (बाँके) । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभा कक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गर्नुभएको छ । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पुग्नुभएका अध्यक्ष चौधरीले महासंघको प्रस्ताब अनुसार सभा कक्ष निर्माण गरिने बताउनुभयो । 

उहाँले भवन निमार्णको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताउनुभयो । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पुर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि भवन (सभा कक्ष) निमार्ण गर्न लागेको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभा हल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताउनुभयो । गिरीले उक्त सभाहलको नाम ’डुडुवा सभा हल’ राखिने बताउनुभयो । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसंगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताउनुभयो । 

निरीक्षणका क्रममा अध्यक्ष चौधरीले नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसंग छलफल पनि गर्नुभएको थियो । त्यसक्रममा शाखा अध्यक्ष गिरीले अध्यक्ष चौधरी, उपाध्यक्ष बानो र प्रमुख प्रशासकीय अधिकृतलाई महासंघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गर्नुभएको थियो । डुडुवा गाउँपालिकाले यसअघि महासंघ बाँके शाखाले गत फागुनमा आयोजना गरेको सद्भाव वनभोज कार्यक्रममा पनि सहयोग गरेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…