Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु

डेक्स

डेक्स

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु
ADVERTISEMENT

डुडुवा (बाँके), २७ बैशाख । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । 

पाझा गाउँमा आज शनिबार एक कार्यक्रमका विच डुडुवा गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गर्नुभयो । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्र्तगत रहेका गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आकस्मिक भवनले स्थानीयलाई विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताउनुभयो । 

पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार ठुलो हल, दुई कोठा, शौचालय, भान्सा निमार्ण हुनेछ । रु १ करोड १८ लाख ९७ हजार ५५५ को लागतमा सञ्जय निमार्ण सेवा हेटौडाले २०८२ असार १५ गतेसम्म निमार्ण गर्ने गरि सम्झौता भएको इन्जिनियर बुढाथोकीले बताउनुभयो । 

शिलान्यास कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष दुर्गा प्रसाद बर्माले वडा नं. २ लाई पर्यटकिय हबको रुपमा विकास गर्ने तयारी भईरहेको भन्दै अहिले तत्काल दुई वटा परियोजना शुरु भएको बताउनुभयो । उहाँले रामनगर पाझामा शिव भगवानको स्टेचु, कृषि, क्पाम्पस र ठुलो पिकनिक क्षेत्र बनाउने कार्यको शुरुवात गरिएको बताउनुभयो । 

गाउँपालिकाले बाढी प्रभावितहरुका लागि करिब आधा दर्जन आश्रय स्थल निमार्ण गरिसकेको छ ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…