Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

डेक्स

डेक्स

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक
ADVERTISEMENT

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास ९होमस्टे०मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत लागेपछि तीन हजारभन्दा बढी आन्तरिक पर्यटक होमस्टेमा आइसकेका छन् । गाभर होमस्टे प्राकतिक सौन्दर्य र वन्यजन्तु अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बन्दै गएको छ । यहाँ आउने पाहुनालाई गाडी र हात्तीमार्फत बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारीसमेत गराउने गरिएको छ ।

बाँके निकुञ्जसँगै जोडिएको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार होमस्टेमा पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रानाले बताउनुभयो ।

दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ सांस्कृतिक नाच देखाउने गरिएको छ । संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकका लागि सुविधा थपेपछि आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको रानाको भनाइ छ ।

बाँकेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा अन्य बेलाभन्दा अहिले बाँके निकुञ्ज घुम्न आउने पर्यटकले चहलपहल बढ्दै गएको ७ नं होमस्टे सञ्चालक शोभी थारूले बताउनुभयो । होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले यतिबेला पर्यटकीय मौसम भएकाले बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…