Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै

डेक्स

डेक्स

सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै
ADVERTISEMENT

नेपालगन्ज । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो । 

किशोरीहरुलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगन्जमा सञ्चालन गरिएको छ । तालिममा रुपान्तरणका १५ विषयबस्तुहरु मेरो सेरोफेरो, आत्म जागरण, अधिकार र कर्तव्य, लिङ्ग–लैङ्गिकता, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, खर्च वचत, यौन तथा प्रजनन अधिकार लगायतमा आधारित ज्ञान सिप प्रदान गरिने युनिसेफ फिल्ड कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताउनुभयो । 

इयु शसक्त महिला समृद्ध नेपाल परियोजना अन्र्तगत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्धारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुर जिल्लाका ३० जना किशोरीहरुको सहभागिता रहेको छ । 

तालिम पश्चात सहभागीहरुले समुदायस्तरमा छुट्टा छुट्टै ४२ वटा सत्र सञ्चालन गर्ने परियोजना कार्यक्रम संयोजक शर्मिला पौडेलले बताउनुभयो । उहाँका अनुसार दुर्गम ग्रामिण क्षेत्रका किशोर किशोरीहरुको जिवनशैली परिवर्तन गर्न यो कार्यक्रम संचालन गरिनेछ । 

तालिममा मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिनुहुने जनाइएको छ । तालिमको उद्घाटन कार्यक्रममा युनिसेफ धनगढी फिल्ड कार्यालय प्रमुख इन्द्रराज पन्त, बालसंरक्षण अधिकृत प्रकाश कैनी, श्रृजना नेपाल, कर्णाली फिल्ड कार्यालयका बालसंरक्षण अधिकृत कुन्ङ्ग सान्डुप लामा, सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमरज जोशी, कार्यसमिति सदस्य मनु जोशी लगायतले किशोरीको विकासका लागि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…