Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

डेक्स

डेक्स

बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुनः बाँकेका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो । 

शम्शेरगन्ज माथेबस चक्ला वनको दुई हजार पाँच सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागू गरेर सालका रुखका साथसाथै अन्य रुख बढाउने काम भइरहेको जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिनुभयो । 
कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको उहाँले बताउनुभयो । वन संवर्द्धन प्रणाली लागू गरेपछि साल प्रजातिबाहेक अन्य रुखका संरक्षण हुने विश्वास गरिएको छ । 

जिल्ला वन कार्यालयका सूचना अधिकारी टङ्कबहादुर गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताउनुभयो । सूचना अधिकारी गुरुङले सो प्रणालीबाट पिपल, वर, बेल र चराका बासस्थान गुँड हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रुख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको बताउनुभयो । दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्द्धन प्रणाली सुरु भएको थियो ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक, चार धार्मिक, एक सय चार निजी र एउटा चक्ला वन रहेको छ । डिभिजन वन कार्यालय बाँकेले श्रीखण्ड प्रजातिको बिरुवा संरक्षणका लागि निःशुल्क बिरुवा वितरण गर्न थालेको छ । सूचना अधिकारी गुरुङले यस वर्ष १८ हजार बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले यस वर्षदेखि नै ती बिरुवाको निःशुल्क वितरण हुने उल्लेख गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…