Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु

डेक्स

डेक्स

मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु
ADVERTISEMENT

बर्दिया २५ फागुन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । 

मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सो वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । 

सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिलाहरु आफै सक्रिय भएर अगाडी आउनुपर्ने बताउनुभयो । उहाँले सानै उमेरमा बालबालिकाको बिवाह गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्रतिकुल असर पर्ने समेत बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले बालविवाह गरे, गराए त्यसलाई दण्डित गर्ने कानुन निर्माण भएकाले अब अभिभावक समेत सचेत हुन जरुरी रहेको बताउनुभयो । 

त्यसैगरी सोही अवसरमा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुंग, कानुनी सल्लाहकार लक्ष्मी नेपाल, पालिकास्तरीय महिला सञ्जालका मन्जु शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम थारु तथा महिला तथा बालबालिका एकाइका प्रमुख इन्दिरा चुनारा र शोभा शर्मालगायतले बोल्दै २०८२ सालसम्ममा मधुवन नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ काम गर्नु पर्नेमा जोड दिनुभयो । 

सो अवसरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र रास्वपाका प्रतिनिधिहरु तथा बरघरले पनि आफ्नो विचार राखेका थिए । सो कार्यक्रममा गुड नेबर्स इन्टरनेशनलका क्लस्टर संयोजक अनुर चौधरी, वडा अध्यक्षहरु मिन थापास राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत, बाँके युनेस्को क्लबका  प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी र उपाध्यक्ष पञ्चम गुरुङको पनि उपस्थिति रहेको थियो । 

घोषणा समारोहमा विभिन्न समूहहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो भने कार्यक्रममा हजार बढीको सहभागीता रहेको थियो । नेपाल सरकारले सम्पूर्ण स्थानीय तहलाई बालविवाह मुक्त घोषणा गर्नका लागि आह्वान गरे अनुसार अहिले बर्दिया जिल्लामा पनि बालविवाह मुक्त वडा घोषणा भइरहेका छन् । यसै क्रममा गुलरिया नगरपालिकाका १२ वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…