Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गेरुवाको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी

डेक्स

डेक्स

गेरुवाको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी
ADVERTISEMENT

बर्दिया ६ फागुन । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाहरूको बालबचत खाता खोली रकम जम्मा गरिएको छ ।  

आर्थिक वर्ष २०७४/७५ मा जम्मा ७४ जना बालिकाको नाममा खाता खोल्न लगाई गाउँपालिकाले दुई हजार रुपियाँ खातामा राखिदिएर कार्यक्रमको सुरुवात गरेको थियो । 

आर्थिक वर्ष २०७९/८० देखि पालिकाले कार्यविधि नै बनाएर बालबचत खातामा प्रति बालिका पाँच हजार रुपियाँ रकम राख्दै आएको छ । अभिभावकले खोलेको बालबचत खातामा गाउँपालिकाले रकम बचत जम्मा गरिदिने गरेको हो । गाउँपालिकाले सञ्चालन गरेको बालिका बचाउ कार्यक्रमबाट हालसम्म पाँच सय ५६ जना बालिका लाभान्वित भएका छन् । सुरुको वर्षमा कम सेवाग्राही उपस्थित भएपनि पछिल्लो वर्षमा एक सयभन्दा बढी बालिकाले सेवा लिने गरेका छन् ।  

छोरी बचाउ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले तिन लाख ३७ हजार रकम लिई सकेका छन् । अघिल्लो आर्थिक वर्षमा एक सय ३५ जना बालिकाले ६ लाख ७५ हजार रकम बैँक खातामा जम्मा गरेका थिए । 

बालबचत खातामा जम्मा गरेको रकम बालिका १८ वर्ष पुरा नहुँदा सम्म निकाल्न पाइदैन । गाउँपालिकाले खातामा राखिदिएको रकमको व्याज हरेक वर्ष जोडिँदै जाने गरेको छ । अधिकांश अभिभावकले छोरीका नाममा रहेको खातामा थप रकम जम्मा गर्दै आएका छन् । 

बालिकाले रकम पाउनका लागि अभिभावकको नागरिकता, विवाह दर्ता, जन्मदर्ता, खोप कार्डको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, बैँक खाता नं। सहित जन्मेको ४५ दिनभित्र गाउँपालिकामा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ । 

गाउँपालिकाले बालविवाह गरेका अभिभावकलाई छोरी बचाउ कार्यक्रममा समावेश नगर्ने हुनाले पनि बालविवाह कम गर्नका लागि सहयोग पुगेको महिला बालबालिका तथा जेष्ठनागरिक शाखाकी प्रमुख रमा पुनमगरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा बालविवाह कम हुनुका साथै अभिभावकले समयमै बालबालिकाको जन्म दर्ता गर्न थालेका छन् । 

हाल गेरुवा गाउँपालिकामा बाल बचत खाता खोल्ने क्रम बढ्दै गएको छ । गाउँपालिकाले छोरीहरूको नाममा खाता खोल्न थालेपछि अभिभावकले छोराहरूको नाममा पनि खाता खोल्ने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा छोरी जन्मेपछि हेरिने दृष्टिकोण समेत परिवर्तन भएको छ । 

गाउँपालिकाले खोली दिएको खातामा अभिभावकले समेत बचत गर्न थालेको गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो । उहाँले छोरीहरू प्रतिको विभेद अन्त्य गर्नका लागि आफूले अघिल्लो चुनाव जितेपछि पहिलो कार्यक्रम ल्याएको बताउँदै उद्देश्य अनुसार नै काम भइरहेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…