Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

डेक्स

डेक्स

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान
ADVERTISEMENT

डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ती गरेको हो । 

स्थानीय तह अन्र्तगत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुरयाउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताउनुभयो । 

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा ठुलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताउनुभयो । 

पालिकाले कानून अनुसारको कार्यविधीमार्फत भर्नाका चरणहरु पार गरि प्रहरी निरिक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको विषयविज्ञ अवकाश प्राप्त पुर्व प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरि २५ जना रहेका छन । 

भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र शसास्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम सेमत प्रदान गरिएको विषयविज्ञ पुर्व डिएसपी केसीले बताउनुभयो । उहाँले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  ।

नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमका विच गाउँपालिकाले दज्र्यानी चिन्ह र सुशोभन गरेको छ । दर्जयानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सिमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापुर्वक दिएको जिम्मेवारी निर्वाह गरि काम गर्न निर्देशन दिनुभयो । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्त शर्मा, पुर्व कर्मचारी धनबहादुर बुढा लगायतको सहभागिता रहेको थियो । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…