Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कृष्णहरि बास्कोटाद्धारा लिखित खुशीको गोरेटो पुस्तक सार्वजनिक

डेक्स

डेक्स

कृष्णहरि बास्कोटाद्धारा लिखित खुशीको गोरेटो पुस्तक सार्वजनिक
ADVERTISEMENT

संसारका खुसी मानिस ती होइनन् जसले धेरै पाएका छन् । खुसी मानिस ती हुन जसले धेरै दिएका छन् । हामी हिमालको चुचुरो हेरेर मात्र त्यहाँ पुग्न सक्दैनौँ । त्यसका लागि यात्रा आरम्भ गर्नुपर्छ । तिमी को हौ भनि जान्न चाहान्छौ भने कसैलाई नसोध । बरु कर्म गर त्यसले नै तिम्रो पहिचान बनाउने छ ।

खुट्टाम जुत्ता छैन भनेर दुखि नहोऔँ । यहाँ कतिपय खुट्टा नहुनेहरु पनि छन् । यी भनाईहरु संग्रहित भएको पुस्तक खुसीको गोरेटो माघ १६ गते नेपालगन्मा सार्वजनिक भएको छ । 

नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाद्धारा लिखित उक्त पुस्तक बुधबार सार्वजनिक भएको हो । 

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा आयोजित पुस्तक सार्वनिकरण कार्यक्रममा पुस्तकका लेखक कृष्णहरि बास्कोटाले पुस्तकको बारेमा जानकारी गराउँदै वर्तमान समयमा नेपाली समाजमा नकरात्मकता वृद्धि हुँदै गएको र नेपाली समाजमा सकारात्मकताको सिर्जना गर्नपर्छ भन्ने अभिप्रायका साथ पुस्तक लेखेको बताउनुभयो । 

उहाँले पछिल्लो समय नकारात्मकता हावि हुँदै गएको बताउँदै मानिसहरु जता पनि दुखी हुन थालेको अवस्था सिर्जना भएको भन्दै वास्तवमा मानिसहरुले सोचे जस्तो नकारात्मक वातावरण नभएको तर्क दिँदै मानिसहरुले खुसी हुन नजानको र त्यसको राज नबुझेको बताउनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लेखक बास्कोटाबाट आफु प्रभावित रहेको र वहाँको उत्प्रेरणा र प्रवचन मार्फत आफुले जीवन निराशा, रिस, असन्तुष्टि त्यगेको बताउँदै कृष्णहरि आम युवाहरुले वहाँबाट ज्ञान लिनुपर्ने र असल चरित्र निर्माण गर्न सिक्नु पर्ने बताउनुभयो । 

प्रमुख बिष्टले कृष्णहरि बास्कोटाले समाज र राष्ट्र रुपान्तरणमा देखाएको अग्रसरताको प्रशंसा गर्दै खुसीको गोरेटो पुस्तकले नेपाली समाजमा सकारात्मक उर्जा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कृष्णहरि बास्कोटा आफु शाखा अधिकृत रहँदाको समयदेखि नै निजामति सेवामा असल छाप छोडेको उदाहरण दिँदै हाल सम्म पनि वहाँले निजामती सेवामा अवकास लिइ सक्दा समेत पनि आफ्नो कर्मलाई सोही अनुसार निरन्तरता दिँदै लगेको पाएकोमा खुसि व्यक्त गरे भने यसरी असल कार्यको अनुभव सहितको जीवन्त पुस्तक खुसीको गोरेटो प्रकाशन भएकोमा हर्ष व्यक्त गर्नुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…