Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तको योगदान बारे चर्चा

डेक्स

डेक्स

लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तको योगदान बारे चर्चा
ADVERTISEMENT

नेपालगन्ज १५, माघ । लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्त ‘चाचा’को पाँचौं स्मृति दिवसको अवसरमा मंगलबार पत्रकार महासंघले आयोजना गरेको ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले यस्तो कुरामा जोड दिएका हुन् ।

पन्नालाल गुप्त स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैर र रुद्र सुवेदी, प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष जयनारायण शाह लगायतले लोकतन्त्र बिना प्रेस स्वतन्त्रता सम्भव नभएको बताउनुभयो । प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्र लोकतन्त्रको अनुभुती गर्न पाइने उनीहरुको जोड छ । लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तले पुर्याएको योगदान अविष्मरणीय रहेको बक्ताहरुले बताएका थिए । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार शिव डोटेल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकार आशिष गुप्ता, बीरेन्द्र जैसी, निशु जोशी लगायतले पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताबारे आफ्नो धारणा राख्नुभयो । महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन महासंघका कार्यसमिति सदस्य समिरमान श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा स्वर्गिय चाचाको फोटोमा माल्र्यापण गरिएको थियो । स्मृति दिवसको सन्दर्भमा प्रतिष्ठानले साप्ताहिक किरणको विशेषांक प्रकाशन गरेको छ । उक्त विशेषांकमा स्वर्गिय ‘चाचा’को स्मृतिमा वरिष्ठ पत्रकारहरुका लेख प्रकाशित गरिएको विशेषांकका प्रबन्ध सम्पादक सावित्री गिरीले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…