Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

डेक्स

डेक्स

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण
ADVERTISEMENT

नेपालगन्ज, १५ पुस : लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निमार्ण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ । 

साढे तीन तले सुविधासम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निमार्ण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निमार्ण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । 

चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय वितिसक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निमार्ण कम्पनी सनलाईट/एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निमार्ण सम्झौताको अवधीभित्रै ऋण साप्टी लिएर भएपनि निमार्ण कार्य सम्पन्न गरेर समयमा भुक्तानी नहुँदा ठुलो संकट भएको छ ।

भवन निरिक्षणका क्रममा मन्त्रीसमक्ष निमार्ण कम्पनीका संचालक आचार्यले आफनो समस्या राख्दै बाँकी बक्यौता रकम निकाशाका लागि आग्रह गर्नुभएको छ । त्यस क्रममा मन्त्री अग्रवालले मन्त्रालयमा बजेटको अभाव भएकाले चालु आर्थिक वर्षको योजनाको बजेटलाई रकमान्तरण गरि भुक्तानी गर्ने सकिने विकल्प भएकाले त्यसका लागि आवश्यक पहल गर्ने बताउनुभयो । मन्त्री अग्रवालले अत्याधुनिक भवनले अस्पतालको थप सेवास्तर बृद्धि भएको र प्रहरीलाई मात्र नभई बाहिरका विरामीलाई पनि सेवा प्रदान गर्नमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

निरिक्षणका क्रममा अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक डा. दिपा न्हुच्छे प्रधान र प्रहरी नायब उपरिक्षक डा. श्यामकृष्ण लौडारीले मन्त्री अग्रवाललाई अस्पतालको सेवा सुविधलगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

भवनको निरिक्षणमा लुम्विनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभासदस्य रत्न खत्रीले अत्याधुनिक भवनले पश्चिम क्षेत्रका प्रहरीलाई औषधी उपचारमा सहयोग पुगेको भन्दै अस्पतालभित्रको विशेषज्ञतालाई बाहिरका आम नागरिकलाई पनि उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

भुकम्पप्रतिरोधात्मक साना ठुला गरि ६७ कोठा लिफ्टसहितको अत्याधुनिक साढे तीन तले भवन रु ८ करोड २१ लख ६३ हजार ८३८ (मुल्य अभिबृद्धिकरसहित)को लागतमा निमार्ण गरिएको निमार्ण व्यवसायी आचार्यले बताउनुभयो । 

उहाँका अनुसार भवन निमार्णको कार्य सम्पन्न गरेको र अहिले रु १ करोड ६२ लाख ७५ हजार ८७६ बाकी रकम बक्यौता लिनुपर्नेछ । २०७९ मसिंरदेखि भवन निमार्ण शुरु भएर २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निमार्ण गरिएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…