Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

१४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

डेक्स

डेक्स

१४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री
ADVERTISEMENT

नेपालगन्ज, मंसिर ११ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ । 

बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स टेक ओभर अभियान अन्तर्गत कामनाले मन्त्रीको भूमिका निर्वाह गर्नु भएको हो । उक्त अवसरमा किशोरी मन्त्रीले बालबालिका र किशोरीहरु माथिहुने सबै खालको हिंसाको अन्त्य हुनुपर्ने माग गर्नुभयो । मन्त्रि बने पछी उहाँले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजनाबारे जानकारी लिनुभयो । 

शिक्षा, स्वास्थ्य र सामाजीक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयद्धारा भए गरेका कामहरु र आगामी योजनाबारे जानकारी दिनु भएको थियो भने कामनाले कर्णालीको बालबालिका र किशोरीहरुको स्वाश्थ, शिक्षा र सशक्तिकरणका लागी थप सुधार र विकासको माग राख्नु भएको थियो । 

कार्यक्रम बारे बोल्दै कर्णाली प्रदेश, सामाजिकविकास मन्त्रि घनश्याम भण्डारीले सबै किशोरकिशोरी र युवाहरु नेपालको भविष्य भएकोले यो कार्यक्रमले तिनै किशोरकिशोरी र युवाहरुको सशक्तिकरण संगै, भविष्य र सम्भावना पनी नेपालमै खोज्नको लागी सकारात्मक संदेश दिएको बताउनु भयो । 

त्यसैगरी उहाँले लैंगिक हिंसा बिरुद्धको दिवसको सुभारम्भाको दिनमा कालीकोटकी एक किशोरी मन्त्रि पदमा बसेर कर्णालीको बाबालिकाको समस्या र मागहरुमाथी थप ध्यानाकर्षण गराएकोमा धन्यवाद दिनु भयो । 

सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिवले आफ्नो सफल जिवन यात्राबारे अनुभव बाँड्दै किशोरी मन्त्रिलाइ बधाई दिनुभयो । यस्तो खालको अभीयान कर्णालीका बालिका र किशोरीहरुको लागि सुखद कुरा रहेको जनाउँदै उहाँले यस्ता अभियानले आत्मविश्वास बढाउने र सशक्तिकरण संगै लैंगिक समानता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रामकिशनले गल्र्स टेक ओभर अभियान बालिका र किशोरीहरुको समानताकालागी एक उत्कृष्ट अवसर भएको जनाउँदै यसले बालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्था र निकायहरूलाई अवसर प्रदान गर्ने बताउनुभयो ।    

प्लान इन्टरनेशनल नेपाल, पश्चिम क्षेत्रिय कार्यालयका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले गर्ल्स टेक ओभर जस्ता प्रतीकात्मक अभियानहरूले बालिका र किशोरीहरूको नेतृत्व क्षमता र सहभागितामा जोड दिने जनाउँदै यी अभियानहरूले उनीहरूको सशक्तिकरणलाई प्रोत्साहित गर्ने बताउनुभयो ।  

जुम्ला, कालिकोट, सुर्खेत, धनुषा, सिन्धुली, बर्दिया जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा यस अभियान अन्तर्गत ब्रिटिश राजदुतावास, नोर्वेजियन राजदुतावास, राष्ट्रिय युवा परिषद, फिनल्याण्ड राजदुतावास, यूरोपियन युनियन, जर्मन राजदुतावास, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, जर्मन राजदुतावास, गाउपालिका अध्यक्ष र नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको भूमिकामा किशोरीहरूले नेतृत्व लिएको क्षेत्रीय प्रबन्धक पराजुलीले बताउनुभयो । 

गल्र्स टेक ओभरमा देशभरका ५ जिल्लाका ३० जना किशोरीहरूले विभिन्न संघसंस्था र निकायहरूमा विभिन्न पदको अर्थपूर्ण र प्रभावकारी तरिकाले नेतृत्व लिने योजना रहेको छ ।  जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम अर्थपूर्ण र प्रभावकारी तरिकाले र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिंदै आएको छ । 

गल्र्स टेक ओभर बालिका र किशोरी अधिकारका लागि क्रियाशिल संस्थाहरू, प्लान इन्टरनेशनल नेपाल, युवा, युवालय, क्याड नेपाल–जुम्ला, पेस नेपाल–जुम्ला, किडार्क कालिकोट, हुरण्ेडेक कालिकोट, सादा नेपाल कालिकोट, स्याक नेपाल सुर्खेत, बी–गु्रप बर्दिया, आरकेजेएस बर्दिया, बाँके यूनेस्को क्लब, जनजाती समाज विकास समिति सिन्धुली, जेडब्लुएएस नेपाल, सीएफडब्लुए, एफडि आरसी र सपोर्ट नेपाललगायतका संस्थाहरूको साझा अभियान हो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…