Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

डेक्स

डेक्स

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
ADVERTISEMENT

नेपालगन्ज, २ कार्तिक : बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । 

कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकोले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वन जङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । 

सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल गत केही समययता आन्तरिक पर्यटकको पहिलो रोजाई बन्दै गएको देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष महेन्द्र थारुले बताउनुभयो । 

उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि महत्वपुर्ण छ । उहाँले भन्नुभयो, ‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन्, अहिले पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन्, । 

ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटन सम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छन् । तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोत, साधन नहुँदा सो कार्य हुन सकेको छैन । 

बैजनाथ गाउँपालिकाले सो तालका लागि हरेक वर्ष केही न केही बजेट छुट्याउँदै आएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सुतैया ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको जनाउँदै स्थानीय सरकारले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…