Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

डेक्स

डेक्स

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय
ADVERTISEMENT

नेपालगन्ज,३० असोजः बाँके जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । 

हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष नारायण गडरियाले बताउनुभयो । भौतिक पूर्वाधारविहीन कार्यालयबाट न्यून सुविधामा काम गर्नुपरेको उहाँको गुनासो छ ।

नरैनापुर, राप्ती सोनारी, जानकी र डुडुवा गाउँपालिकामा रहेका हुलाक कार्यालयको अहिलेसम्म आफ्नै भवन नरहेको जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो । विगतमा इलाका र अतिरिक्त कार्यालयका रुपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तह अन्तर्गत  सञ्चालन गर्ने प्रक्रिया प्रारम्भ भएको उहाँले बताउनुभयो । 

हाल बाँकेमा ११ इलाका र ३५ अतिरिक्त हुलाक कार्यालय रहेका छन् । बाँके जिल्ला हुलाक कार्यालयले लुम्बिनी प्रदेशका बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक व्यवस्थापन गर्दै आएको छ ।

रेडियो नवीकरण

सूचना विभागबाट प्रवाह हुने सेवा पनि हुलाक कार्यालयबाट प्रदान हुन थालेको छ ।  एफ।एम रेडियो तथा केवलको नवीकरण तथा अनुगमन, पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरणलगायत सेवा प्रवाह पनि सोही कार्यालयलबाट भइरहेको छ । 

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले हुलाक कार्यालयलाई पूर्वाधार नपुगेको स्वीकार गर्दै त्यसका लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हुलाक चिठीपत्रलगायत दस्तावेज सम्बन्धित व्यक्ति वा संस्थासम्म पु¥याउने विश्वसनीय माध्यम भएकाले सूचना प्रविधिको वर्तमान युगमा।पनि यसको महत्व रहेको बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…