Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

दशहरा मेलामा आज रावण बध गरिदै

डेक्स

डेक्स

दशहरा मेलामा आज रावण बध गरिदै
ADVERTISEMENT

नेपालगन्ज, २६ असोज : नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ ।  

रामलिला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलिला संचालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । रामलिला सञ्चालक समितिद्धारा आयोजित महोत्सवको आज शनिबार दिउसो शुरु हुनेछ ।  

साँझ रावणको बधपछि राती १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्राबनको राधारमण मण्डलबाट २५ जना कलाकारको समुहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ । 

भोली आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरु आउने गर्दछन । 

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलहरु समेत राखिएका छन । महोत्सवका सडकहरु झिलीमिली पारीएको छ, भने शान्ति सुरक्षा व्यवस्थाको बाताबरण सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।  

१५ दसक बढीदेखि आयोजना हुदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति बाण लगायत लिला प्रर्दशन गरिसकिएको समितिका सदस्य भरतकिशोर बैश्यले बताउनुभयो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…