Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

सम्वाददाता

सम्वाददाता

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता
ADVERTISEMENT

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागीलगायत विपद्का घटनामा कमी आएको छ । 

खरको छाना भएको घरमा आगलागीको जोखिम हुने भएकाले वडाभित्र रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी आगलागीजस्ता विपद्बाट जोगाउन खरको छानामुक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिनुभयो ।

“खरका छानामा हिउँदको समयमा आगलागीको डर हुने र वर्षायाममा पानी चुहिने समस्या भएकाले वडावासीको सुरक्षाका लागि खरको छाना हटाउने काम सुरु गरेका छाँै”, उहाँले भन्नुभयो, “खरको छाना विस्थापित कार्यक्रम लागू भएपछि वडामा आगलागीका घटनामा कमी आएको छ ।”

वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्ष्यका साथ सुरु गरिएको अभिायनअन्तर्गत हालसम्म एक सय ११ घरलाई खरको छानामुक्त गरिसकेको छ । चालु आर्थिक वर्षमा ५३ घरपरिवारलाई खरको छानामुक्त गर्ने योजना रहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

वडाध्यक्ष खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सीमान्तकृत समुदायको घरका छानालाई खरमुक्त गरी जस्तापाता लगाउन सुरु गर्नुभएको थियो । आर्थिक वर्ष २०७९÷८० मा रु २० लाख विनियोजन गरी ६५ घरपरिवार, आव २०८०÷८१ मा रु १५ लाख विनियोजन गरी ४६ घरपरिवार र चालु आवमा रु १५ लाख विनियोजन गरी ५३ घरपरिवारलाई खरको छानामुक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रमको सूचीमा परेका लाभग्राही नागरिकलाई १० फिट लम्बाइ र ३२ गेज मोटाइ भएको २२ थान जस्तापाता वडा कार्यालयले प्रदान गर्ने गरेको वडाध्यक्ष खड्काको भनाइ छ । राप्तीसोनारी गाउँपालिका–१ साविकको खासकुस्मा गाविस छिमेकी जिल्ला दाङसँग जोडिएको छ । 

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडा नं १ मा गरिएको खरको छाना हटाउने अभियान प्रभावकारी भएको बताउँदै अन्य वडाका गाउँबस्तीमा पनि खरको छाना हटाउनका लागि आफूले पहल गरिरहेको बताउनुभयो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…