Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बैकुण्ठधाम निर्माण गर्न धार्मिक आध्यात्मिक महोत्सवको तयारी सुरु

सम्वाददाता

सम्वाददाता

बैकुण्ठधाम निर्माण गर्न धार्मिक आध्यात्मिक महोत्सवको तयारी सुरु
ADVERTISEMENT

नेपालगन्ज, १० भदौ : बाँकेको राप्ती नदी सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोगार्थ धार्मिक आध्यात्मिक महोत्सवको तयारी सुरु भएको छ । यही कार्तिक २२ देखि २७ गतेसम्म नेपालगन्जको रामलिला मैदानमा गरिने धार्मिक महोत्सवका लागि आज यहाँ औपचारीक सचिवालय संचालनमा आएको छ । 

कृष्णजन्माष्टमी पर्वको साईत पारेर संचालनमा ल्याइएको सचिवालयको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उदघाटन गर्दै बैकुण्ठधामको डिपीआरको सम्पूर्ण जिम्मा उपमहानगरले लिने बताउनुभयो । “खासमा त्यहाँ आवश्यक जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने र स्थानीय सरकारको दायित्व पनि हो, तर निजी क्षेत्रबाट पहल हुनु सराहनीय कार्य हो ।” उहाँले भन्नुभयो, “जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपिआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।” 

नगरप्रमुख विष्टले लामो समयदेखि दाहसंस्कार स्थलको चर्चा गरिएपनि समयको माग अनुसार अहिले बैकुण्ठधाम निर्माणको कामले सार्थकता पाएको भन्दै हरेकले धाम निर्माणमा सहयोग गर्नुपर्ने औंल्याउनुभयो । उहाँले आफुले ब्यक्तिगतरुपमा धाम निर्माणको सहयोगार्थ रु ५१ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।  

डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष झंकबहादुर थापाले आफुले बषौंदेखि देखेको सपना पुरा हुन लागेको भन्दै आफु बैदेशीक रोजगारीमा जाँदा देखेको अन्तिम संस्कार गर्ने स्थलको सजावट र व्यवस्थापनबाट आफुले राप्ती तटमा पनि ब्यवस्थित दाहसंस्कार स्थलको सपना देखेको बताउनुभयो । 

महोत्सव संचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले वास्तबिक धाम निर्माणका लागि पर्याप्त जग्गा आवश्यक पर्ने भएको उल्लेख गर्दै जग्गा प्राप्तीका लागि सबैको पहलकदमी आवश्यक रहेको बताउनुभयो । राप्ती बग्ने भाग समेत लालपुर्जा वाला जग्गा परेका कारण धामका नाममा जग्गा प्राप्तीमा समस्या देखिएको भन्दै उहाँले सबैको सहयोगमा त्यो समस्या पनि समाधान हुने विश्वास ब्यक्त गर्नुभयो । 

मूल समारोह समितिले कथाबाचन शिरोमणी दीनबन्धु पोखरेलको मुख्य संयोजनमा कार्तिक २२ देखि २७ गते सम्म आध्यात्मिक महोत्सव आयोजना गर्ने भएको छ ।

–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…