Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी

डेक्स

डेक्स

बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी
ADVERTISEMENT

नेपालगन्ज २८ साउन । बाँकेमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारितासंगै बालबालिकाहरुको व्यवहारमा परिवर्तन देखिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको जिवनशैली समेत फेरिएको छ । 

रुम टु रिडले बाँकेको कोहलपुर नगरापलिका, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा संचालन गरेको परियोजना अन्र्तगत बालिकाहरुको सिकाईमा परिवर्तन आएको छ । 

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथीका बालिकाहरुलाई जीवन उपयोगी सिप, मेन्टिरिङ्ग, परामर्श, परिवार विद्यालय र समुदायको संलग्नता, शैक्षिक सामाग्री सहयोगले बालिकाहरुमा परिवर्तन आएको परियोजनाका वरिष्ठ कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार बालिका शिक्षा कार्यक्रम बाँके, बर्दिय, सल्यान, प्युठान, र कैलाली जिल्लामा सञ्चालन गरिएको छ । 

२०१५ देखि संचालित परियोजनाले विशेष गरि बालबालिकाहरुको जीवनशैलीमा परिवर्तन ल्याएको हो । बालबालिकाहरु क्लबमार्फत समुदायस्तरमा विभिन्न सचेतनामुलक अभियान समेत संचालन गरिरहेको रुमटुरिडका कार्यक्रम अधिकृत सुष्मा राईले बताउनुभयो । 

नेपालगन्जमा आज सोमबार बसेको परियोजना सल्लाहकार समितिको बैठक तथा समिक्षा कार्यक्रममा भएका उपलब्धीबारे जानकारी गराइएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले रुमटुरिडद्धारा सञ्चालित परियोजनाले विशेष गरि बालिकाबालिकाको व्यवहार परिवर्त गरेकोले जिल्लाका अन्य स्थानीय तहमा पनि कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता रहेको औल्लाउनुभयो । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामसुरेश यादवले विद्यालयमा गरिएका विभिन्न क्रियाकलाप तथा कार्यक्रमको प्रभावकारितालाई सिकाईको रुपमा अन्य विद्यालयमा पनि जोड्नुपर्नेमा जोड दिनुभयो । 

गैरसरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्माले करिब १० बर्षे परियोजनाका मुख्य उपलब्धीलाई संस्थागत तथा दिगोपनामा चुनौती रहेकाले भए गरेका कार्यको अभिलेखीकरण गरि दस्ताबेजको रुपमा स्थापित गर्न सुभाव दिनुभयो । कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, पत्रकार राकेश कुमार मिश्र, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…