Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बैकुण्ठधाम सिधनियाघाटका लागि स्रोतको खोजी गरिंदै

डेक्स

डेक्स

बैकुण्ठधाम सिधनियाघाटका लागि स्रोतको खोजी गरिंदै
ADVERTISEMENT

नेपालगन्ज, २७ साउन । बाँकेको राप्ती नदी सिधनियाघाटमा बैकुण्ठधामको निमार्ण हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं. ५स्थित राप्तीनदीमा शब दहनका लागि बैकुष्ठधाम निमार्णको कार्य अघि बढेको हो । उक्त स्थानमा बैकुण्ठधामसंगै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने गुरुयोजना रहेको बैकुण्ठधाम निमार्ण तथा व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 

उहाका अनुसार बैकुण्ठधाम निर्माणका लागि समितिले सिधनियाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि बैना समेत दिइसकेको छ । प्रतिकठ्ठा रु आठ लाखका दरले चार जना जग्गाधनीलाई बैना रकम दिइएको हो । थप १९ कठ्ठा जग्गा खरिद गर्ने समितिको योजना रहेको छ ।

बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, सार्वजनिक शौचालय, योग आश्रम, बाचनालय बनाउने योजना अघि सारिएको समितिका सदस्य डा बद्री चापागाईले बताउनुभयो । 

अहिले शुरुवाती चरणमा केही स्रोत संकलन गरेर जग्गा खरिदको प्रक्रिया अघि बढाइएको समितिका सदस्य श्रीराम सिग्देलले बताउनुभयो । उहाँका अनुसार गुरुयोजना अनुसार बैकुण्ठधामसहितको संरचना तयार गर्न ठुलो रकम लाग्ने भएकाले यसमा तीनवटै सरकारलगायत सबैको सहयोगको खाचो रहेको औल्याउनुभयो । 

स्रोतको व्यवस्थापनका लागि बैकुण्ठधाम अध्यात्मिक महोत्सव गर्न लागिएको छ । प्रमुख कथावाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको उपस्थितीमा महायज्ञ गरिने छ । आगामी कार्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव गरिने तयारी गरिएको समितिका अर्का सदस्य भोला महतले बताउनुभयो ।

नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीहरुको समूहले बनाएको मल्हमपट्टी गु्रपको अगुवाईमा गठित बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाईमा उक्त अध्यात्मिक महोत्सव गर्न लगाइएको हो । 

वाचन शिरोमणी पण्डित पाखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा रु २० करोड रकम संकलन हुने उद्घोष गर्नुभयो ।

महायज्ञमा प्रवचनसँगै शालिग्रामको दर्शन, ब्रतबन्ध, विवाह, चौरासी पूजा, रुद्री, ग्रहशान्तिलगायतका अनुष्ठान गरिनेछ । आज नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…