Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एसइई पूरक परीक्षामा बाँकेबाट पाँच हजार बढी विद्यार्थी सहभागी

सम्वाददाता

सम्वाददाता

एसइई पूरक परीक्षामा बाँकेबाट पाँच हजार बढी विद्यार्थी सहभागी
ADVERTISEMENT

नेपालगन्ज, साउन २३ गते । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई ० को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । 

एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले बताउनुभयो । 

उहाँले गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएको बताउनुभयो । प्रमुख यादवका अनुसार सो परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ । 

उहाँले नेपालगन्ज उपमहानगरमा चार वटा, कोहलपुर नगरपालिकामा चार वटा, राप्ती सोनारी गाउँपालिकामा दुई र खजुरा तथा बैजनाथ गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र तोकिएको बताउनुभयो । 

नेपालगन्जमा सरस्वती मावि, महेन्द्र मावि, मङ्गलप्रसाद मावि र धम्बोझी मावि, कोहलपुरमा राम मावि, त्रिभुवन मावि, ज्ञान ज्योति र लक्ष्मी मावि, राप्ती सोनारीमा लक्ष्मी मावि र सिद्धेश्वर मावि, खजुरामा ज्ञानोदय मावि र बैजनाथमा प्रभात माविमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । 

बाँकेबाट ग्रेड वृद्धिको परिक्षामा सहभागी हुनेहरुमा सबैभन्दा बढी गणित विषयका विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख यादवका अनुसार गणित विषयमा तीन हजार ७३३, विज्ञानमा दुई हजार ७६८, सामाजिकमा दुई हजार ६२९, अङ्ग्रेजीमा एक हजार ९२३, अर्थशास्त्रमा एक हजार ८५२, नेपालीमा एक हजार ४०८ र ऐच्छिक गणितमा ७७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…