Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा

डेक्स

डेक्स

एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा
ADVERTISEMENT

नेपालगन्ज, १८ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् रु ३२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । 

बील, बीजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको, गुणस्तर कायम नभएकोलगायतका कारण ती फर्महरुलाई न्यूनतम् रु पाँच हजारदेखि अधिकतम् रु दुई लाखसम्म जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८०र८१ मा छ सय २८ फर्मको अनुगमन गर्दा एक सय ४० मा कैफियत भेटिएपछि त्यस्ता फर्मलाई जरिवाना गरिएको हो । तत्कालीन मध्यपश्चिमका १६ जिल्ला कार्यक्षेत्र रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले गत आवमा अनुगमन गर्दा तीन सय ४९ फर्म सामान्य अवस्थामा रहेको देखिएको थियो । सामान्य कैफियत देखिएका एक सय ३९ फर्मलाई तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सो कार्यालयले गत आवमा दुई फर्मको कारोबार समेत रोक्का गरेको छ । 

वाणिज्य कार्यालयले किराना खाद्यान्न, मासुरफ्रेस हाउस, मार्ट, पानी उद्योग, कष्टमेटिक, कपडा जुत्ता पसल, अटो पार्टस्, कम्प्युटर सेवा, मदिरा र सुर्तीजन्य पदार्थ, दुग्ध तथा तरकारी पसल, भाँडावर्तन, मनी ट्रान्सफर, सुनचाँदी, स्टेसनरी, हार्डवेयरलगायतका फर्मको अनुगमन गर्दै आएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले म्याद नाघेका, खान अयोग्य, बिक्री गर्न अयोग्य मालसामानहरू जफत गरी नष्ट समेत गर्दै आएको छ । सो कार्यालयले नेपालगन्जमा गत आव २०८०र८१ मा रु पाँच लाख ७२ हजार ९३ बराबरको मालसामान नष्ट गरेको जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…