Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वन्यजन्तुबाट प्रभावितको दुर्घटना बीमा

सम्वाददाता

सम्वाददाता

वन्यजन्तुबाट प्रभावितको दुर्घटना बीमा
ADVERTISEMENT

बर्दिया, ९ साउन : बर्दियाको मधुवन नगरपालिकाका– ३ का  वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्ज बाँकेमार्फत उनीहरुको  बीमा गरेको हो ।

मधुवन– १, २ र ३ नं वडामा बसोबास गर्ने एक हजार तीन सय ११ परिवारका तीन हजार तीन सय ९० महिला र तीन हजार तीन सय ६६ पुरुषको प्रतिव्यक्ति रु दुई लाखका दरले सामूहिक दुर्घटना बीमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिनुभयो ।

कूल रु ३५ करोड १२ लाख बिमाङ्क जम्मा गरिएको उहाँले बताउनुभयो ।  “अन्य कुरामा पनि बीमा कम्पनीसँग सहकार्य जारी भएकाले बीमाको थप बीमाका कार्यक्रम बढाउँदै लैजान्छौँ । बीमा अवधि २०८१ असार ३० गतेदेखि २०८२ असार २० गतेसम्म एक वर्ष कायम रहने छ”, उहाँले भन्नुभयो ।

 दुर्घटना भएको ३५ दिनभित्र बिमकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको  डिभिजन वन कार्यालयका वन अधिकृत टङ्क गुरुङ बताउनुहुन्छ । दाबी जालसाजीपूर्ण भए, दाबीको सिलसिलामा विमालेख धारक वा विमित वा निजको तर्फबाट कार्य गर्ने ब्यक्तिले झुठ्ठा बयान दिई अनुचित लाभ उठाउन खोजे, बीमा ऐन २०४९ बमोजिम बीमा समितिले विमकको पक्षमा फैसला गरेको ३५ दिनभित्र उच्च अदालतमा उजुरी परे बीमा भुक्तानी नहुने प्रावधान छ । 

बन्यजन्तुबाट दुर्घटना भई मृत्यु भएको अवस्थामा बीमा रकम रु दुई लाख उपलब्ध गराइने अधिकृत गुरुङले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानीयको सामूहिक बीमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…