Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँके निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ

सम्वाददाता

सम्वाददाता

बाँके निकुञ्जबाट गोली लागेर मरेको चित्तलसहित शिकारी पक्राउ
ADVERTISEMENT

नेपालगन्ज, ४ साउन । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षीय मोहन थारु रङ्गेहात पक्राउ परेका हुन् । 

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो । थारुको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरिएको छ ।

पक्राउ परेका थारुविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको जनाउँदै प्रमुख संरक्षण अधिकृत शाहले चोरी शिकारीमा संलग्न अन्यको बारेमा पनि सोधपुछ गरिरहेको बताउनुभयो । 

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने क्रम बढेपछि निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिंदै आएका छन् । सोही गस्ती टोलीले थारुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका थारुविरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजाना अन्तर्गत मुद्दा चलाइने बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…