Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाढीले विद्युत् सेवा अवरुद्ध

डेक्स

डेक्स

बाढीले विद्युत् सेवा अवरुद्ध
ADVERTISEMENT

नेपालगन्ज, ३१ असार । राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा नियमित भए पनि धेरै ठाउँमा सेवा नियमित हुन नसकेको जानकारी प्राप्त भएको छ । पानी घटेपछि मर्मतको काम सुरु गरिएकाले खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत् सेवा नियमित भएको नेपाल कुसुम ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले जनाएको छ । 

विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले अझै पनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत् सेवा नियमित हुन नसकेको बताउनुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बाढी र वर्षाले पोल तथा तारमा क्षति भएपछि धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले मर्मतसम्भारका लागि पटक पटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य सुरु गरिए पनि अझै धेरै ठाउँमा विद्युत् अनियमित नै रहेको बताउनुभयो । 

राप्तीसोनारी र नरैनापुरका विभिन्न स्थानमा पनि पोल र तारमा क्षति पु(याएपछि सो क्षेत्रका दर्जनभन्दा बढी गाउँको विद्युत् सेवा अवरुद्ध भएको थियो । राप्तीसोनारी–१ का स्थानीय बासिन्दा कृष्ण चौधरीले विद्युत् नहुँदा सो क्षेत्रको जनजीवन प्रभावित भएको बताउनुभयो । 

सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानियापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न छ स्थानबाट विद्युत् सेवा विस्तार गरेको छ । उक्त समस्याको दीर्घकालीन समाधान गरिदिन स्थानीय बासिन्दाले सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गर्दै आएका छन् । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…