Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तातो हावाको लहर प्रतिकार्य कार्यक्रमको समिक्षा

डेक्स

डेक्स

तातो हावाको लहर प्रतिकार्य कार्यक्रमको समिक्षा
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमकोे आज समिक्षा गरिएको छ । गत जेठदेखि हालसम्म यस कार्यक्रम अन्तर्गत सञ्चालित क्रियाकलापहरुको समिक्षा गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा बसेको तातो हावा कार्यदलको बैठकमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न १२ वटा क्रियाकलापहरुका बारेमा चर्चा गरिएको छ । 

कार्यदल संयोजक रहनुभएका नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले सञ्चालित कार्यक्रम र तिनको प्रभावबारे जानकारी गराउनुभएको थियो । 

डाँगीका अनुसार जेठ २ गतेदेखि असार ७ गतेसम्म जमुनाहा नाकामा आम सर्वसाधारणलाई निःशुल्क पिउने पानी वितरण गरिएको छ । यस अवधिमा करीब १ लाख १२ हजारले पानी पिएका छन् । यस्तै नाकामा जोखिम सचेतना सन्देश पनि प्रसार गरिएको छ ।

बैशाख १८ गतेदेखि जेठ ३१ गतेसम्म नेपालगञ्जका १९, २१ र २२ नम्बर वडाका ८०५ जोखिम परिवारमा सचेतना प्रबद्र्धन गर्न घरभेट कार्यक्रम सम्पन्न गरिएको छ । पेशागत समूहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण गरिएको छ । जसमा ५२ जना सहभागी थिए ।

जोखिमयुक्त समुदायका संकटासन्न घरपरिवार र विद्यालयमा सेतो रंग लेपन गर्ने कार्यक्रम नेपालगञ्जको वडा नम्बर १९ का १४ घर र २ वटा विद्यालयमा सम्पन्न भएको छ । आम नगरबासीका लागि लू सचेतना सम्बन्धि माइकिंग गर्दा करीब २५ हजार मानिस लाभान्वित भएको अनुमान गरिएको रेडक्रस बाँकेका उपनिर्देशक डाँगीले बताउनुभयो ।

यस्तै रेडियाहरुबाट सूचनामूलक सन्देश प्रशारण, डिजिटल बोर्डबाट सूचना प्रशारण, मिडिया बुष्टिंग गनेृ काम पनि सम्पन्न भएको छ । नेपालगञ्जका २० वटा सामुदायिक विद्यालयहरुमा पानी छान्ने फिल्टर मेशिन वितरण गरिएको छ । नेपालगञ्ज ४ बसपार्क क्षेत्रमा कुलिंग सेन्टर सितलन केन्द्र निर्माणाधीन अवस्थामा छ । २३ वडाका विभिन्न विद्यालयमा करीब २० हजार विद्यार्थीका लागि सचेतना अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

 नेपालगञ्ज उपमहानगपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको हो । तातो हावाको लहर प्रतिकार्य कार्यक्रम लाभग्राहीका लागि प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ । चर्को गर्मी हुने र तातो हावाको लहर ९लु० चल्ने नेपालगञ्जमा पूर्व तयारी र आवश्यक सजगतामा जोड दिइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…