Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा बृहत्तर विद्यालय सुरक्षा योजना बारे छलफल

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा बृहत्तर विद्यालय सुरक्षा योजना बारे छलफल
ADVERTISEMENT

नेपालगञ्ज ८ असार । नेपालगञ्जका विद्यालयलाई विपद्बाट जोखिमरहित बनाउन बृहत्तर विद्यालय सुरक्षा योेजनाका विषयमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर को आयोजनामा बृहत्तर विद्यालय सुरक्षा योजना सम्बन्धि छलफल गरिएको हो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यालय सुरक्षा योजनाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा भूकम्प लगायत अन्य विपदजन्य जोखिमबाट विद्यालयलाई सुरक्षित राख्दै भयरहित शिक्षण सिकाईमा जोड दिइएको छ ।

कार्यक्रममा वडा नम्बर ३, ७, ८ र ११ का विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा अध्यक्ष, वडा सचिव लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भुकम्प प्रतिरोधी संरचना निर्माणदेखि खुला ठाउँको पहिचानसंगै बृहत्तर विद्यालय सुरक्षा योजनाका विषयमा ब्यापक छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहले विद्यालयलाई भूकम्पीय जोखिमरहित बनाउन आवश्यक रहेको बताउनुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले विपद जतिबेला पनि आउन सक्ने भन्दै पूर्व तयारी र सचेतनामा जोड दिनुभयो । युनिसेफका नरेश निदालले पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्न सकिनेमा जोड दिनुभयो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…