Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपद् पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारीमा जोड

सम्वाददाता

सम्वाददाता

विपद् पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारीमा जोड
ADVERTISEMENT

नेपालगन्ज ६ असार । विपद् व्यवस्थापनमा निजी क्षेत्रको भुमिका महत्वपुर्ण रहेकाले पुर्व तयारीका लागि साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । 

सुपर परियोजना अन्र्तगत नेपाल रेडक्रस सोसाईटी बाँके शाखा र नेपालगन्ज उद्योग बाणिज्य संघद्धारा आज नेपालगन्जमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागी प्रतिष्ठित उद्योगी व्यापारीले विपद् व्यवस्थापनमा निजी क्षेत्रले आवश्यक सहयोग र समन्वय गर्ने बताएका थिए । 

कार्यक्रममा सहभागी उद्योगीहरुले विपद्को पुर्व तयारीका लागि सबै सरोकारवाला निकायसंगको सहयोग र साझेदारीमा प्रभावकारी योजना बनाउनुपर्ने भन्दै विपद् व्यवस्थापनमा निजी क्षेत्रहरुले आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । 

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले विपदमा निजी क्षेत्रको भुमिका र साझेदारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । शहरमा विपद्का बेला पसल व्यवसाय बढी क्षती हुने भएकाले जोखिम न्युनीकरणका लागि पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारी आवश्यक रहेको छ । 

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश सरकारका मुख्य महान्याधिबक्ता तिर्थ ज्ञवाली, नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोर्बद्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका विपत समितिका संयोजक समिरप्रताप सिंह, वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्य, व्यापारी प्रदिप गुप्ता लगायतको उपस्थिती रहेको थियो । 

सुपर परियोजनाले विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि नेपालगन्जका निजी क्षेत्रसंग निरन्तर रुपमा छलफल गर्दै आएको छ । परियोजनाले निजी क्षेत्रको व्यवसाय निरन्तरता योजना निमार्ण, बैंकहरुले सामाजिक उत्तरदायी कोष स्थापना, विमा कम्पनीसंगको सहकार्यमा नगरपालिकाको विपद् बिमा कार्यविधी निमार्ण लगायतको कार्य भएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारणा स्थापित र विपद् पुर्व तयारीका लागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ । 

कार्यक्रममा जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्प प्रभावितलाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…