Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

हावाहुरीले पर्खाल भत्किदा एकको मृत्यु

डेक्स

डेक्स

हावाहुरीले पर्खाल भत्किदा एकको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज । हावाहुरीका कारण बाँकेमा पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । गएराति आएको हावाहुरीले कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित राम्रो पेपर इन्टरप्राइजेज उद्योगको पर्खाल भत्किँदा च्यापेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहर िनायब उपरीक्षक  नारायण डाँगीले जानकारी दिनुभयो ।

उक्त उद्योगको पर्खालले च्याप्दा गढीमाई उपमहानगरपालिका ८, जितपुर तेरागाउँ बारा स्थायी ठेगाना भएकी ४५ वर्षीया मीना खातुनको मृत्यु भएको हो । मृतक खातुन परिवारका अन्य सदस्यसहित सो उद्योगको पर्खालमै सटाएर बनाएको टेन्टमा बस्दै आएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक खातुनसहित अन्य परिवारले पनि उक्त उद्योगको पर्खालको नजिकै टेन्ट टाँगेर बस्दै आएका थिए । उनीहरु घुमन्ते परिवार भएको प्रहरीले जनाएको छ। बाहिर काम पाउँदा मिस्त्री, मजदुर तथा अन्य काम गर्ने र काम नपाउँदा मागेर जीवन गुजारा चलाउँदै त्यहाँ बस्दै आएको प्रहरीले जनाएको छ ।

उक्त उद्योग हाल चालु हालतमा नरहेको र बन्द अवस्थामा रहेको प्रहरीको भनाइ छ । राति आएको ठूलो हावाहुरीले पर्खाल भत्काउँदा पर्खाल भत्केर च्याप्दा खातुनको घटनास्थलमै मृत्यु भएको र उहाँका श्रीमानलाई पनि सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति भएको घटनाको आज बिहान मात्र प्रहरीलाई जानकारी भएको र प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…