Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

१२३० बालबालिकालाई गर्मीबाट जोगाउन बिभिन्न सामाग्री बितरण

सम्वाददाता

सम्वाददाता

१२३० बालबालिकालाई गर्मीबाट जोगाउन बिभिन्न सामाग्री बितरण
ADVERTISEMENT

नेपालगन्ज, जेठ २३ ।  तातो हावा परियोजना अन्तर्गत बर्दियाका बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । 

बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन बाँके युनेस्को क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल ९ओआरएस० र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । 

वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राहत प्रदान गरिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै सही समयमा सही कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

गर्मीको बेला सुरक्षित र स्वस्थ रहन अत्यावश्यक सामग्री पाएपछि बालबालिकाहरु हर्षित भएका थिए । कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मीको लहरका लक्षणहरू र सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरूबारे सो अवसरमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।

बालबालिकाले त्यहाँ प्राप्त भएको जानकारीलाई परिवारका अन्य सदस्यहरू र साथीहरूसम्म पनि पुर्याउने प्रतिवद्धता जनाएका थिए । बाँके युनेस्को र कतार च्यारिटीको टोलीले विद्यालय परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो ।

सोही अवसरमा अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका १५० विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गर्नुका साथै उनिहरुलाई गर्मीबाट जोगाउन छाता, गम्छा, औषधियुक्त लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको थियो ।

ती दुबै बिद्यालयमा गर्मीबाट बिद्यार्थिलाई राहतका लागि सिलिंग पंखाहरु प्नि जडान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…