Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तीनदिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास सुरु

सम्वाददाता

सम्वाददाता

तीनदिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास सुरु
ADVERTISEMENT

नेपालगन्ज, १७ जेठ : लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा विपद पूर्व तयारी र प्रतिकार्यका लागि साझा कार्यनीति तय गर्न तीनदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । 

शहरी विपद तथा पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा लुम्बिनी, कर्णाली र सदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज यहाँ सुरु भएको कार्याशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले विपदका नयाँ नयाँ स्वरुपहरु देखापरिरहेकाले यो समयमा साझा नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले विपद पहिचान र पूर्व तयारी तथा प्रतिकार्यका लागि साझा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै प्रदेश प्रदेशका बीचमा भ्रातृत्वको विकास गर्नुपर्ने बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव हरि लम्सालले सबैको साझा प्रयासबाट मात्रै विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सुपर परियोजनासंगको सहकार्यमा नगरमा विपद पूर्व तयारी र प्रतिकार्यका लागि थुपै्र कामहरु भएको चर्चा गर्दै पश्चिम क्षेत्रमा विपदजन्य घटना हुँदा नेपालगञ्ज क्षेत्रमा सर्तक (एलर्ट) हुनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘त्यस हिसाबले पनि नेपालगञ्जले आफूलाई तयार गर्दै अगाडी बढेको छ ।’ 

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले समुदायलाई परिचालन गर्ने गरी विपद पूर्व तयारी र प्रतिकार्यको योजना बनाउनुपर्ने जोड दिँदै आपसी समन्वयले विपदविरुद्ध लड्न सकिने बताउनुभयो ।

अन्तरप्रादेशिक कृत्रिम घटना अभ्यासमा विपद्का क्षेत्रमा भइरहेका अन्तर प्रादेशिक अनुभव आदानप्रदान, सिकाई हासिल र साझा कार्यनीति तय गरिनेछ । मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सबैतिरको साझा प्रयासले मात्र विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिएका थिए । 

युएनडिपीकी प्रतिनिधि बैजन्ती गिरी सिंहले विपदलाई साझा समस्याका रुपमा स्वीकार गरी साझा रणनीतिका साथ कार्यान्वयन तहमा जानुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी, जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख चेतराज बजाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशका सचिव सुशील बैद्य, कर्णालीका निमित्त सचिव निधिराज न्यौपाने, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशकी विपद शाखा प्रमुख मञ्जुकुमारी पोख्रेल लगायतको उपस्थिति थियो । 

कार्यक्रममा प्रदेश विपद प्रतिकार्य कार्यढाँचाका बारेमा विज्ञ शंकर कोइराला, अर्का विज्ञ सुनिल सन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विपदमा स्वयंसेवक परिचालनका बारेमा विज्ञ कृष्ण काफ्लेले छुट्टाछुट्टै प्रस्तुतिकरण गर्नुभएको आपतकालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद सम्बन्धि कृत्रिम घटना अभ्यास गरिनेछ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…