Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध

सम्वाददाता

सम्वाददाता

हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध
ADVERTISEMENT

नेपालगन्ज ८ जेठ : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । 

भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै राप्तीपारी नरैनापुर क्षेत्रसम्म दुई सय बढी विद्युतका पोल ढलेका छन भने केही पोल भाचिएपछि गएरातीदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो । 

उहाँका अनुसार हावाहुरीले विद्युत पोल र ट्रान्सफर्मर ढालेर भाँचिएर क्षति समेत पुगेको छ । हावाहुरी रोकिने बित्तिक राती नै वितरण केन्द्रबाट पाँच वटा छुट्टाछुट्टै प्राविधिकहरूको टोली परिचालन गरेर ढलेका पोलहरूको मर्मत सम्भारको कार्य भईरहेको उहाँले बताउनुभयो । 

वितरण केन्द्र प्रमुख लामिछानेले सोही प्रकारले तीन वटा ठेकेदारलाई क्रेनसहित परिचालन गरेर पोल र ट्रान्सफर्मरको मर्मतका लागि खटाइएको भन्दै अहिले मर्मत सम्भार र चुँडिएका तार जोड्ने कार्य तीव्र गतिमा भइरहेकोले मङ्गलवार बेलुकासम्म नेपालगन्ज बजारको विद्युत् पूर्ण रूपमा सुचारु हुने आशा रहेको  बताउनुभयो । 

साथै विद्युत् पोल, तार ट्रान्सफर्मर लगायत कुनै पनि उपकरण नछुनसमेत सर्वसाधारणलाई वितरण केन्द्रले आग्रह गरेको छ ।

यसैगरि हावाहुरीले जिल्लाका विभिन्न विद्यालयहरुका जस्ता पाताका छाना, पानी ट्याकी लगायतका सामाग्रीलाई हावाले उडाएर क्षति पुरयाएको छ । जिल्लाका स्थानीय सर्वसाधारणका टिनका पातलाई उडाएर क्षति पुरयाएको जनाइएको छ । 

बाँके जानकी गाउँपालिका वार्ड नं. ५ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्माका अनुसार राती आएको हावा हुरीले विद्यालएको छाना, खानेपानी ट्यंकी, वाल वाउण्ड्री, गेटमा क्षति पुरयाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…