Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दुईदिने तालिम

सम्वाददाता

सम्वाददाता

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई दुईदिने तालिम
ADVERTISEMENT

नेपालगन्ज ७ जेठ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुलाई दुई दिने क्षमता अभिबृद्धि तालिम दिइएको छ । सामुदायिक विद्यालय र मदरसामा शिक्षाको गुणस्तरियता, विद्यालय व्यवस्थापन, अभिभावकको प्रभावकारी भुमिका, सामुदायिक विद्यालयप्रतिको चासो र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो । 

युएसएआइडी द एशिया फाउण्डेशको सहयोगमा फातिमा फाउण्डेश नेपालगन्जद्धारा सञ्चालित नागरिक समाज र सञ्चार परियोजना अन्र्तगत बाँकेको जानकी गाउँपालिका वार्ड नंंं ३ का श्री बञ्जारेगाउँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षकलाई दुई दिने तालिम प्रदान गरिएको हो । 

तालिममा विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य अधिकार, शिक्षा ऐन, स्थानीय सरकार संचालन ऐन, विद्यालयका समस्या, अभिभावकको चासो लगायतका विषयमा परामर्शदाता राकेश कुमार मिश्र र रविन्द्र ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । 

यो तालिम पश्चात विद्यालयको समग्र सुधार तथा व्यवस्थापनका लागि विद्यालय सुधार योजना निमार्ण गरि कार्यन्वयनमा ल्याइने फातिमा फाउण्डेशनका कार्यक्रम संयोजक उमेश गुप्ताले बताउनुभयो । 

दुईदिने तालिमको समापनमा फातिमाका कोषाध्यक्ष सुबेदा फरहिन, सहभागीका तर्फबाट श्री मावि बञ्जारे गाउँका शिक्षक राम धिरज यादव, दारुल उलुम मस्उदिया गरिब नवाज मदरसाका प्रधानाध्यापक मुजाहिद रजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम बर्मा, मदरसा विद्यालय समितिका सदस्य अनिशा खानलगायतले विद्यालय सुधारका लागि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…