Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

डेक्स

डेक्स

नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सडकमा हिडने सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ । 
कुकुरले टोकेर हुने रेबीजको जोखिम घटाउन र कुकुरको बढ्दो जनसंख्या घटाउन भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको उपमहानगरपालिकाकी पशु शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिनुभयो । 
उहाँका अनुसार शुक्रबारबाट सुरु भएको बन्ध्याकरण शिवीरमा अहिलेसम्म ९७ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । 
“सामुदायिक कुकुरको जनसंख्या न्यूनीकरण र रेबीज न्यूनीकरणका लागि हामीले यो कार्यक्रम सुरु गरेको हौ” शाखा प्रमुख शाहीले भन्नुभयो । नेपालगन्जमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ । 
पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दोक्रमलाई घटाउनु यसको उद्देश्य भएको बताउनुभयो । 
उहाँले रेबीजसँगै अन्य विभिन्न रोगको संक्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकोमा जोड दिँदै  रेबीजका कारण हुने धेरै घटना भएको उल्लेख गर्नुभयो । 
पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम हुने जानकारी दिदै बन्ध्याकरणपछि कुकुर शान्त स्वभावको हुने बताउनुभयो । 
नेपालगन्जमा हुने विद्युत अनियमितताले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने काम गर्न कठिनाई भएको पशु चिकित्सक चौधरीको भनाई छ । ‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर ल्याएर कुकुरको बन्ध्याकरण गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाएर बन्ध्याकरण गरिएको चिकित्सकले जनाएका छन । बन्ध्याकरण कार्यक्रमका लागि रु. ६ लाख बढी खर्च हुने बताइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…