Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास

सम्वाददाता

सम्वाददाता

भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज २ जेठ । विपद् न्युनीकरणका लागि भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. ७ मा आज मंगलबार एक कार्यक्रमका विच भुकम्प तथा आगलागी नियन्त्रणका बारेमा कृतिम घटना अभ्यास गरिएको हो । 

विपद् जोखिमको पर्व तयारी तथा आगो नियन्त्रण र समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि तयार पारिएको तालिम प्राप्त स्वयम्सेवकहरुलाई सहयोग पुरयाउने र घटनाको पुर्व तयारी बारे आम सर्वसाधारणलाई जनचेतना अभिबृद्धिका लागि कृतिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका विपत समितिका संयोजक नरेन्द्र पौडेलले बताउनुभयो । 

भूकम्प र आगलागीका छुट्टाछुट्टै घटना सिर्जना गरेर खोज तथा उद्दार, प्राथमिक उपचार, उपचारका लागि अस्पतालसम्मको प्रबन्ध, विपद ब्यवस्थापन समितिको बैठक तथा निर्णयलगायत क्रियाकलाप गरेर विपद नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास गरिएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार कृतिम घटना अभ्यासमा समुदायमा रहेका तालिम प्राप्त स्वयंसेवक, नगर प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा युनिसेफका कार्यक्रम अधिकृत शंकर पौडेल, नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप शाह, ७ नं. वडाध्यक्ष प्रशान्त श्रेष्ठ, ११ नं. वडाध्यक्ष नन्दकिशोर कश्यप, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायतले कृतिम घटना अभ्यास र जोखिम न्युनीकरण बारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

कार्यक्रममा रेडक्रसका प्रहलाद विश्वकर्मा र झवी शर्माले प्राविधिक सहजीकरण गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…