Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्थानीय सरकार र प्रशासन मिलेर अतिक्रमित जमिन फिर्ता गरिने

सम्वाददाता

सम्वाददाता

स्थानीय सरकार र प्रशासन मिलेर अतिक्रमित जमिन फिर्ता गरिने
ADVERTISEMENT

नेपालगन्ज, २४ बैशाख  । लामो समयदेखि अतिक्रमणमा परेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर फिर्ता गरिने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतवार कोहलपुरमा भएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविक कै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो । 

गएको बैशाख सात गतेको पत्र अनुसार स्थानीय प्रशासनले बाँकेका आठ वटै पालिकालाई बैशाख ९ गते पत्र लेख्दै सार्वजनिक सरकारी प्रकृतिका जग्गा अतिक्रमण भएको भए जग्गाको विवरण र अतिक्रमणको प्रकृति समेत खुलाई सात दिनभित्र जानकारी गराउन परिरपत्र गरेको थियो । 

गृह मन्त्रालयको पत्र र जिल्ला प्रशासनको पत्रलाई समेत आधार बनाएर कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले नगर विकास समितिको नाममा रहेको कोहलपुर क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जमिन तत्काल फिर्ता गराउने भएको छ । 

जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख समिलित उक्त बैठकमा सहभागीहरुले सरकारी नाममा रहेको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले गृहप्रशासनले साथ दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले सरकारी जग्गा संरक्षण गर्नु प्रशासनको समेत दायित्व भएकाले कसैको दवावमा नपरेर कानुन कार्यान्वयन गर्नमा जोड दिएका थिए । 

लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै प्रशासनले त्यसमा साथ दिनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य वसन्ती अधिकारीले सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुखद भएको भन्दै वास्तविक सुकुम्बासीहरुको व्यवस्थापन गरेर क्रिकेट मैदान क्षेत्रमा भएको सरकारी जग्गा अतिक्रमण हटाउनु पर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागी राजनीतिक दलहरुले सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुर्भाग्यपूर्ण भएको भन्दै अतिक्रमित वस्ती खाली गराउनुको विकल्प नभएको बताएका थिए । 

क्रिकेट मैदान वरपर सात सय ५१ घर टहरा निर्माण गरिएको कोहलपुर नगरप्रमुख पुर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार तीमध्ये भूमिहीन दलित १७ जिल्लाका एक सय ७२ घरधरी, १८ जिल्लाका एक सय ६३ घरधुरी भूमिहीन सुकुम्बासी र २७ जिल्लाका चार सय १६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । उक्त लगत अनुसार जग्गा जमिन भए नभएको बारे एकिन गर्दा भुमिहीन दलित ११ घरधरी र भूमिहीन सुकुम्बासी एक घरधुरीमात्रै रहेको पाइएको छ ।
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…