Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जैविक विविधता संरक्षणमा जोड

सम्वाददाता

सम्वाददाता

जैविक विविधता संरक्षणमा जोड
ADVERTISEMENT

नेपालगन्ज,  २१ बैशाख : जैविक विविधताको संरक्षण र सामुदायिक वनहरुको सशक्तिकरणमा जोड दिइएको छ । 

डिविजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी –६ मा आयोजित ‘जैविक चौतारी’ कार्यक्रममा गरिएको सम्वादमा आठ बुँदे प्रतिबद्धताले जैविक विविधताको संरणक्षमा टेवा पुग्ने विश्वास लिइएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकासका लागि कार्य गर्ने कुरामा सरोकारवालाहरु सहमत भई जैविक विविधताको संरक्षण र सम्र्बद्धन गर्ने, प्रत्येक वडालाई हरियाली बनाउन, वन संरक्षण जैविक विविधताको संरक्षणका लागि विभिन्न योजनाहरु पेश गर्न नागरिक सहमत भई पेश भएका योजनामध्ये वनसँग सम्बन्धित योजनाहरु प्राथमिकरण गरी आगामी योजनामा समावेश गर्ने, सामुदायिक वनहरुको सक्रियता अभिबृद्धि गर्ने तथा राप्तीसोनारी गाउँपालिकामा स्थापना भएको वन तथा वातावरण शाखामा आगामी आवमा बजेट विनियोजन गरी वन र वातावरणसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने जैविक संरक्षणको सवालमा वडा कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहहरु विच साझेदारीका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरिएको छ । 

यसैगरि सामुदायिक वनहरुको कार्ययोजना बनाउनका लागि डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने, नविकरण हुन नसकेको सामुदायिक वनहरुको नविकरण गर्नका लागि डिभिजन वन कार्यालयबाट आर्थिक र प्राविधिक सहयोग गर्ने, सामुदायिक वन उभोक्ताहरुको आर्थिक पारदर्शिता कायम गर्ने गराउने र आआफ्नो सामुदायिक वन क्षेत्रमा व्यापक रुपमा वृक्षारोपण गर्ने र सो कार्यका लागि डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने लगाएतका आठ बुँदे प्रतिबद्धताको घोषण भएको छ । 

घोषणा कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजित कुमार कर्ण, राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राम लखन थारु लगायतले जैविक विविधताको संरणक्षमा जोड दिनुभयो । 

त्यस अवसरमा राप्तीसोनारी वडा नं. ५, ६ र ७ मा गठित १० वटा सामुदायिक वन उपभोक्ता समितीले आफुले गरेका सिर्जनशिल कार्यहरुको बारेमा जानकारी गराएका थिए भने आगामी दिनमा थप प्रभावकारी रुपमा कार्य गर्नका लागि सुझावहरु प्रस्तुत गरेका थिए । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…