Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान

सम्वाददाता

सम्वाददाता

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान
ADVERTISEMENT

नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालले पश्चिम नेपालसँग राजधानी काठमाडौं र कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न हिमाली र पहाडी जिल्लालाई जोड्ने काम गर्दै आएको नेपालगन्ज विमानस्थलमा उडान बढ्दै गएको बताउनुभयो। 

विमानस्थलबाट चालू आर्थिक बर्ष २०८०र०८१ को चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नौ हजार २५४ उडान भएको उहाँको भनाइ छ। ती उडानबाट एक लाख ७६ हजार ९६२ यात्रु नेपालगन्ज आएको र एक लाख लाख ७८ हजार ८०८ यात्रु यहाँबाट अन्य गन्तव्यमा गएका छन्। 

नौ महिनामा नेपालगन्ज विमानस्थलबाट तीन लाख ५५ हजार ७७० जना यात्रुले आवागमन गरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ। 

नेपालगन्जबाट सबैभन्दा बढी उडान संघीय राजधानी काठमाडौंका लागि हुने गरेका छन्। पोखरासहित पश्चिमका पहाडी र हिमाली जिल्लामा पनि नियमित उडान हुँदै आएका छन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट समेत विभिन्न जिल्लामा हवाइ उडान बृद्धि भएपछि केही हदसम्म नेपालगन्ज विमानस्थलको लोड घटेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ। 

अति व्यस्त नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण तिव्र गतिमा भइरहेको छ। त्यसका लागि २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण लगायतको काम सुरु गरिएको छ। 

नागरिक उडड्यन प्राधिकरणका अनुसार तीन अर्ब रुपियाँको लागतमा नेपालगन्जमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरियालगायत पूर्वाधारको निर्माण भइरहेको छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…