Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन
ADVERTISEMENT

नेपालगन्ज १० बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थागत विद्यालयहरुमा अनुगमन थालेको छ । शिक्षा महाशाखाले पछिल्लोपटक गरेको संस्थागत विद्यालय वर्गीकरण अनुसार निर्धारित शुल्क ’कार्यान्वयन’ को अवस्थाबारे अनुगमन थालिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाले ’क’, ’ख’ र ’ग’ वर्ग गरी संस्थागत विद्यालयलाई तीन तहमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले आज तीन वटा विद्यालयमा अनुगमन गरेको छ । सोफिया रेसिडेन्सियल स्कुल, आदर्श माध्यमिक विद्यालय र युनाइटेड एजुकेशनल एकेडेमीमा अनुगमन गरिएको हो । यी तीनै विद्यालय शिक्षा महाशाखाले गरेको वर्गीकरणमा ’क’ बर्गमा छन् । 

अनुगमन गरिएका विद्यालयहरुले मापदण्ड अनुसार नै शुल्क लिने प्रतिबद्धता जनाएका छन् । निर्धारित मापदण्ड भन्दा बढी शुल्क लिएकाले तत्काल समायोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिम पाठ्यपुस्तक लागू गरे नगरेको अवस्थाबारे पनि जानकारी लिइएको छ । 

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, शिक्षा अधिकृत लोकेन्द्र शाही तथा शिक्षा समिति सदस्यहरु गोकर्ण आचार्य, मनोज राजा श्रीवास्तव, रमेश श्रीवास्तव र विकास बज्राचार्यको टोलीले अनुगमन गरेको हो । 

शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिका संवेदनशील रहेको भन्दै नगर प्रमुख विष्टले विद्यालयहरु नीति–नियम पालना र दायित्वबोधमा गम्भीर हुनुपर्ने बताउनुभयो । शिक्षा समितिले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा ती विद्यालयहरुलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…