Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप

सम्वाददाता

सम्वाददाता

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप
ADVERTISEMENT

नेपालगन्ज २७ चैत । नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्णका लागि नेपालगन्जमा सरोकारवालासंग सुझाव तथा छलफल गरिएको छ । 

विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप कृतिम घटना अभ्यासको छलफल गरिएको हो । आज मंगलबार भएको छलफलमा सहभागीहरुले विपद् पुर्व तयारी तथा जोखिम न्युनीकरणका लागि सरकारी, गैरसरकारी र निजि क्षेत्रको भुमिका तथा सहयोग र तत्काल उपलब्ध गराउन सक्ने उद्धार सामाग्री लगायतका विषयमा समुहगत छलफल गरि प्रस्तुतीकरण गरिएको थियो । 

कार्यक्रममा नेपालगन्जका उपमेयर कमरुद्दिन राईले नेपालगन्जको ३ र ७ वडा भुकम्पको अति जोखिम रहेकाले त्यसको न्युनीकरणका लागि सचेतना अभियान गरिरहेको बताउनुभयो । उहाँले भुकम्पको अति जोखिममा रहेका संरचनालाई प्रबलीकरण गर्ने भन्दै जोखिमलाई न्युनीकरण गर्न पुर्व तयारी नै पहिलो कुरा भएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोबद्र्धनसिंह सम्झनाले विपत आउनु भन्दा पहिला विपतको पुर्व तयारीका लागि सबै क्षेत्रको भुमिका प्रभावकारी भएको हुनले सहयोग तथा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विपद् क्षेत्रका विज्ञ डा. सृजन मल्लले सहजीकरण गर्नुभएको थियो । 

नेपालगन्ज उपमहानगरपालिका विपद् शाखा संयोजक समिरप्रताप शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी, निजी क्षेत्रका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

आज भएको छलफलमा आएका विभिन्न सुभावलाई अध्ययन गरि नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्ण गरिने छ । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रर्वद्धन गरिरहेको आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…