Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य

सम्वाददाता

सम्वाददाता

बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
ADVERTISEMENT

नेपालगन्ज, चैत २७ गते । बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न निकुञ्जभित्रको सबै तयारी पूरा गरेर बाँके राष्ट्रिय निकुञ्ज तयारी अवस्थामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो । उहाँले यसअघिका वर्षमा पाँच सयभन्दा बढी पर्यटक नआएको जनाउँदै यस वर्ष दुई हजार पर्यटक भित्र्याउने योजना अनुसार काम गरिएको बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत शाहका अनुसार निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउन आफ्ना सबै वनपथाई खुला राखेको जनाउँदै पर्यटकको आगमनलाई ध्यानमा राख्दै निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था  मिलाइएकोे छ ।

स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवद्र्धनको कामलाई केन्द्रमा राखिएको प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मँचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको कार्यालयले जनाएको छ ।

संरक्षण अधिकृत शाहले थप्नुभयो, ‘‘यसअघि कुनै पनि वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको अवस्था छैन, अब भने कम्तीमा दुई हजारभन्दा बढी पर्यटकको संख्या पुर्‍य ाउने प्रयासमा छौं, पर्यटनलाई हामी केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौं ।’’

गर्मी याममा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानी अभाव हुन नदिन चालु आर्थिक वर्षमा पनि थप दुईवटा पोखरी निर्माण गर्न लागेको शाहले जानकारी दिनुभयो । ‘‘निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेलेको चाँडै हेर्न पाइने अपेक्षा छ, हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौं,’’ उहाँले भन्नुभयो ।

निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्नसक्ने अवस्था बनेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्रका प्रायः सबै वनपथ अहिले चालु अवस्थामा छन, पर्यटक घुम्न आएभने कुनै पनि कुराको कमी हुन नदिने निकुञ्जको तयारी छ । निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ वटामा पुगेको छ भने आहारा प्रजातिको सङ्ख्या पनि बढेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…