Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जीवन सीप विकास तालिम सम्पन्न

सम्वाददाता

सम्वाददाता

जीवन सीप विकास तालिम सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज, चैत १२ । बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो । 

सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाका १५ जना गरी कुल ३० जना युवतिहरुको सहभागिता रहेको थियो । बर्दियाका युवा महिलाहरूलाई आत्म–जागरूकता, प्रभावकारी संचार कौशल र अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा सहमति कौशल, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वमा केन्द्रित ज्ञान प्रदान गर्नु सो तालिमको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

उहाँका अनुसार तालिमका सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्वसहित आत्मरक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए । तालिमका प्रशिक्षक दिनेश चौधरी रहनु भएको थियो । 

तालिमका सहभागि बिना कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुंगले सयुंक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

सो अवसरमा सहभागिहरुको तर्फबाट बोल्दै उर्मिला चौधरीले जीवन सीप तालिमले सहभागिको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले यो तालिम निकै उपयोगी सावित भएको बताउनुभयो । उहाँले तालिमबाट युवतीहरु निकै हर्षित र उत्साहित रहेको तथा समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न हरित व्यापारमा लाग्ने प्रतिवद्धता जनाएको पनि बताउनुभयो । 

सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी,  कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजरहरु सञ्जिता रिजाल तथा कञ्चन दहितको पनि उपस्थिति रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…