Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तराईमा होली पर्व, होलिका दहन

सम्वाददाता

सम्वाददाता

तराईमा होली पर्व, होलिका दहन
ADVERTISEMENT

नेपालगन्ज, १२ चैत । सामाजिक सदभावको पर्वको रुपमा मनाइने होली आज बाँके जिल्लामा मनाइदै छ । मधेशी समुदायमा होली गाडेर गुईठा जम्मा गरि राती आगो लगाएर ताप्ने चलन रहेको छ ।

गएराती होलिका दहन गरि अहिले गाउँ टोलका सम्पुर्ण मानिसहरु जम्मा भएर आगो तापीरहेका छन । होलीका दिनमा प्रत्येक घर घरमा गाउँ टोलका सबै नागरिकको समुहमा होली गित, धमार गाउदै रङ अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने गरिएको अवधी अगुवा शिवप्रसाद पाठक बताउनुहुन्छ । 

पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी मन्दिरलगायत बजारमा रङ, अविर, पिचकारी, बैलुन मिठाई जस्ता सामाग्रीको फुटपाथ पसल थापिएको छ । यसैगरि होली पर्व मनाउन विभिन्न संघसंस्था, कल्ब, युवा समुहहरुले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान शुरु गरेका छन । तराई क्षेत्रमा होली पर्वले विशेष सदभावपुर्ण सन्देश प्रर्वाह गर्ने गर्दछ । 

होली पर्वमा घरका छोरी ज्वाईलाई निम्ता दिई बोलाएर मिठो मिठो खानेकुरा खुवाउने चलन रहेको छ । यो पर्वमा विशेष पकवानको रुपमा गुझिया पकाइने गरिछ ।

यसैविच जिल्ला प्रशासन कार्यालय बाँकेले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादकपदार्थ सेवन गरेर अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गरेको हो । यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी तत्काल कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलाई मध्यनजर गर्दै बिशेष रणनितिक सुरक्षा योजना लागु गरेको । होली पर्वमा हुनसक्ने उछृङ्गखल क्रियाकलाप, आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि चेकजाँच गस्ती टोली परिचालनलगायको रणनितिक कार्ययोजना तयार गरि कार्यान्वयनमा ल्याएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगीले बताउनुभयो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…