Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै

सम्वाददाता

सम्वाददाता

लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुन स् लैङ्गिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा सरोकारवालाबीच भएको छलफलमा सहभागीले सो कुरा बताएका हुन् । 

राज्यले लैङ्गिक समानता तथा सशक्तीकरणका क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण एवं एचआइभी एड्ससम्बन्धी नीति र त्यसको कार्यान्वयनको अवस्था र भोलिको सोच’ विषयमा यहाँका सरोकारवालाबीच छलफल भएको थियो । 

मूल समारोह समिति एवं नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्जका ९लुम्बिनी प्रदेश० को आयोजनामा गरिएको उक्त छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले राज्यले तेस्रोलिङ्गीका लागि रोजगारीको व्यवस्था नगरे यौन व्यवसायको बाटो अपनाउन बाध्य हुने बताउनुभयो । उहाँले तेस्रोलिङ्गीलाई पनि सम्मानपूर्वक जीवन बाँच्ने अधिकार भएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराउनुभयो ।

जिल्लास्थित विपन्न तथा गरिब परिवारका लागुऔषध प्रयोगकर्तालाई पुनःस्थापना केन्द्रमा राख्नलाई उपमहानगरले आफैँ लगानी गरी सहयोग गरिरहेको उपप्रमुख राईले बताउनुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले महिला सशक्तीरकणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले उपमहानगरका २३ वडामध्ये १८ मा महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम पुगेको जानकारी दिनुभयो । साथै महिला सशक्तीकरणका लागि पाँच वटा सहकारी संस्था बनाइएको उहाँको भनाइ छ ।

सेवा दिएरमात्र नहुने भन्दै व्यवस्थालाई उपयोग गर्नतर्फ लाग्न एएचएफ नेपालका ‘कन्ट्री प्रोग्राम म्यानेजर’ दिव्यराज जोशीले बताउनुभयो । उक्त कार्यक्रममा डा सङ्केत रिसालले सरकारले एचआइभी न्यूनीकरण गर्नका लागि ओसिएमसी ९अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र० कार्यक्रम लागू गरेको बताउनुभयो । उहाँका अनुसार बाँकेको भेरी अस्पतालमा उक्त एकद्वार प्रणाली प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । 

भेरी अस्पतालमा आकस्मिक सेवाका रुपमा ओसिएमसी कार्यक्रम सञ्चालन भइरहेको डा रिसालले जानकारी दिनुभयो । अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा चिकित्सक, प्रहरी, वकिललगायत सबै सेवा एकै ठाउँबाट दिइँदै आइरहेको उहाँले बताउनुभयो । 

पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले झण्डै एक दशक पहिले र अहिले नेपालगञ्जमा तेस्रोलिङ्गीलाई गरिने हिंसामा न्यूनीकरण भएको बताउनुभयो । विगत एक वर्षयता तेस्रोलिङ्गीलाई शारीरिक हिंसा नभई मानसिक हिंसा भइरहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार कोभिडको समयमा मानसिक हिंसाका कारण देशैभरि ४३ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रममा सहभागीले बाँकेमा विशेष गरेर लागुपदार्थ सेवनकर्ताका श्रीमती घरेलु हिंसामा सिकार हुन गरेको बताएका थिए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…