Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै

सम्वाददाता

सम्वाददाता

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै
ADVERTISEMENT

नेपालगन्ज, २५ फागुन : हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की र लामो पुल निर्माण थालिएको हो ।

वर्षामा आवागमन ठप्प हुने तथा अन्य समयमा पनि समस्या हुने भएकाले सात सय मिटर लामो र ११ मिटर चौडाइको नयाँ पुल निर्माण सुरु गरिएको हो ।

करिब डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री भएको बेला नेता मोहम्मद इश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा र डुडुवा खोलामा पुल निर्माण तथा विभिन्न सडक निर्माणको योजना स्वीकृत गर्नुभएको थियो । सोही योजनाअनुसार अहिले पुल निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।  

विसं २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी विसं २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताउनुभयो । उहाँका अनुसार अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । भ्याटसहित रू एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माणाधीन पुलको पाइलिङ र जाली बुन्ने काम भइरहेको इन्जिनियर पटेलले जानकारी दिनुभयो ।  

सिधनिया घाटमा रहेको पुल साँघुरो र छोटो भएकाले लामो पुल निर्माण गर्न लागिएको पूर्वमन्त्री राईले बताउनुभयो । अहिले सञ्चालनमा रहेको पुलबाट एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने भएकाले यहाँका जनताले लामो र आधुनिक पुलको माग गर्दै आएका उहाँको भनाइ छ । 

यसअघि बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेकामा पुल बनेसँगै समस्या अन्त्य हुने स्थानीय बताउँछन् । उक्त पुल निर्माण सम्पन्न भएपछि नदीपारिका राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई आवागमनमा सहज हुने बताइएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…