Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शिवरात्रीमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

डेक्स

डेक्स

शिवरात्रीमा जहाजबाट कैलाश मानसरोवरको दर्शन
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आज जहाजमार्फत गराइएको छ ।
नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्सुसँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले जानकारी दिनुभयो । 
माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै  रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइने बताइएको छ । 

कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिषा नदिएपछी सो रुट सुनसान बनेको छ जसको सिधा असर पर्यटन ब्यवसायमा परेको व्यवसायीहरु बताउछन । 

यस अघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोबर जाने पर्यटक नेपालगन्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्स सम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै  मानसरोवर पुग्ने गर्थे । 

मानसरोवरको रुटको चहलपहल कम भएपछि  नेपालगन्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक गौतमले जानकारी बताउनुभयो । 

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताउनुभयो ।

माउन्टेन फ्लाइटकै लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगन्ज आएर होटल सिद्धार्थमा बसेका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो । 
शिव पार्वतीको घर देख्ने बाल्यकाल देखिको सपना पूरा भएको कर्नाटका भारतदेखि आउनुभएकी ३३ वर्षिया अरुणा यनले बताउनुभयो ।

ुभिषा उपलब्ध भएपनि उमेरका कारण जान गाह्रो थियो । यसरी जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुशी छौँ,ु नयाँ दिल्लीबाट आएका ६७ बर्षिय गोपाल सेठले भन्नुभयो । 

यस अघि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…