Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पर्यटक आकर्षणले होटल व्यवसाय फस्टाउँदो

डेक्स

डेक्स

पर्यटक आकर्षणले होटल व्यवसाय फस्टाउँदो
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज, २३ फागुन : तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगञ्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकका लागि नेपालगञ्जमा खुलेका  सुविधासम्पन्न होटलको व्यापार बढेको छ ।

होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काका अनुसार, डेढ दशकयता नेपालगञ्जमा पाँचतारे, चार तारे र तीन तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिटी प्यालेसलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएका छन् । 

    “पछिल्लो सयम करिब थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले अहिले गति लिन थालेका छन्,” अध्यक्ष खड्काले भन्नुभयो । केही तारे होटलहरु चल्न नसकेर बन्द भएका नमीठो अवस्था पनि छ भने नयाँ होटल थपिने क्रमको सुखद पक्ष पनि देखिएको उहाँको भनाइ छ । पछिल्लो समय सिग्नेट इन कृष्णा र किचन हटजस्ता सुविधासम्पन्न होटल बन्द भए र ती होटललाई नयाँ डायमन्ड होटल र स्टार लाइटको नाम दिएर नयाँ व्यवस्थापन गरी अहिले सञ्चालनमा ल्याइएको छ । 

यसैबीच, नेपालगञ्जको खजुरारोडमा पाँचतारे होटल ‘पौवा’ को निर्माण सुरु भएको छ । विश्वबजारमा नेपाली हस्पिटालिटीको ब्रान्डिङ गर्ने लक्ष्यसहित सात वर्षअघि स्थापना भएको होटल पौवाले नेपालगञ्जमा आफ्नो १३औँ शाखा सञ्चालनअन्तर्गत होटल निर्माण गर्न लागेको हो । 

होटल निर्माणको शिलान्यास गरी बनाउन सुरु भएको छ । दुई वर्षमा यो होटल निर्माण हुने सञ्चालक विष्णु ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज खजुरारोडस्थित करिब दुई बिगाहा क्षेत्रफलमा निर्माण शुभारम्भ गरिएको एक सयकोठे उक्त होटल करिब रु एक अर्बको लागतमा निर्माण हुनेछ । 

होटल पौवा नेपाली होटल तथा रेष्टुरेन्ट क्षेत्रमा नौलो प्रयोग हुने होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभया, “होटलमा प्रवेश गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस हुनेगरी होटलले सेवा दिनेछ ।” 

साबिकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट नराम्ररी थिचिन पुगेका थिए । सुदूरपश्चिममा छुट्टै प्रदेश हुनु तथा मध्यपश्चिम क्षेत्र लुम्बिनी प्रदेश हुनु र यसको राजधानी बुटवल ९पछिल्लो समय भालुबाङ्ग० हुनुले विगतमा नेपालगञ्जका होटल व्यवसायी थला परेका जस्तै भएका थिए ।

नेपालगञ्जमा सानो भएपछि पर्यटक भित्र्यउन सक्ने संरचना अहिले बन्द हुन थालेका छन् । यसतर्फ राज्यको ध्यान पुग्न नसकेको नेपाल एसोसिएसन ट्राभल एन्ड टुर एजेन्ट्स ९नाटा० बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल बताउनुहुन्छ । नेपालगञ्जको मेरो प्लानेट बन्द र फनपार्कको अवस्था पनि अत्यन्तै नाजुक देखिएको छ । 

अर्को ठूलो महत्वाकाङ्क्षी योजना वाटरपार्कको विस्तार कछुवाको गतिमा भइरहेको छ । त्यसैगरी, नेपालगञ्जकै रानी तलाउ पनि बन्द भइसकेको छभने कान्तिताल वर्षौंदेखि निर्माणकै क्रममा अलपत्र अवस्थामा रहेको छ । नेपालगञ्जको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटलहरु निकै स्तरीय छन् तर यसलाई पर्यटन व्यवसायसँग जोड्न नसकेकाले यसको भविष्य भोलिका दिनमा सुखद नरहन सक्छ भन्ने हेक्का सम्बद्ध पक्षले बुझ्न जरुरी देखिएको छ । 

नाटा अध्यक्ष सिग्देल भन्नुहुन्छ, “हामीले त पर्यटकका लागि आवश्वयक पूर्वाधारको ब्रान्डिङ मात्र गर्ने हो”, उहाँले भन्नुभयो, “होटल र पर्यटन व्यवसाय एकअर्काका पूरक बन्नसक्नुपर्छ र आपसमा जोडिनुपर्छ ।”

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…