Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

सम्वाददाता

सम्वाददाता

बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली
ADVERTISEMENT

नेपालगन्ज १७ फागुन : बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली जनावरबाट बाली जोगाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।

जङ्गली जनावरबाट बाली जोगाउन राप्ती सोनारीका मध्यवर्ती क्षेत्रमा पर्ने वडा कार्यालयले यो वर्ष तारजाली लगाउने तयारी गरेका छन् । अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिनुभयो । 

“निकुञ्जबाट आउने जनावरले जनताको बालीमा नोक्सानी पुर्याउने क्रम नरोकिएपछि तारजाली लगाउने प्रक्रिया अगाडि बढाएका छौँ”, वडाध्यक्ष थारूले भन्नुभयो, “यो वर्ष बढी प्रभावित क्षेत्रमा तारजाली लगाउने कार्य सुरु भएको छ ।”

राप्ती सोनारी–९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा चार सय ७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारूको भनाइ छ । बाँकेमा निकुञ्जसँग जोडिएको बैजनाथ गाउँपालिका–१ को चिसापानी, गाभर, कोहलपुर नगरपालिका–१३ को खड्कवार, भरैया र राप्ती सोनारी गाउँपालिका–९ को महादेवा, बुच्चापुर, वालापुर, वडा नं ८ को शम्शेरगञ्ज, गोठेरी, बाँदरभरिया र वडा नं १ को खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावर प्रवेश गरी अन्न बाली नष्ट गरिदिएपछि सर्वसाधारण चिन्तित छन् ।

जङ्गली जनावरले आलु, तोरी, मकै, गहँुलगायतका हिउँदे तथा बर्खेबालीमा बढी नोक्सानी पुर्याउने गरेको राप्ती सोनारी गाउँपालिका–९ बुच्चापुरका लीला परियारले बताउनुभयो । उहाँले यो मौसममा आफ्नो पाँच कठ्ठा क्षेत्रफलमा लगाएको तोरी जनावारले नष्ट गरिदिएको जानकारी दिनुभयो । उहाँका अनुसार आलु, मकै र तोरी बाली बँदेलले बढी मन पराउने भएकाले यो समयमा बँदेलको बिगबिगी हुने गरेको छ ।

कोहलपुर नगरपालिका–१३ खड्कावारका स्थानीय अगुवा शिक्षक दुर्गा डाँगीले जङ्गली जनावारले खेतीबाली खाइदिएर ठूलो क्षति पुर्याएको बताउनुभयो । “मेहनत गरेर वर्ष दिनभरि खाने खेती उब्जनी गर्यो जनावरले खाइदिन्छन्”, डाँगीले भन्नुभयो, “जङ्गली जनावारका कारण गाउँलेको उठिबास हुने हो कि भन्ने चिन्ता छ ।”

राप्ती सोनारी गाउँपालिका–८ नं वडा कार्यालयले पनि जङ्गली जनावर नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रको जङ्गल क्षेत्रमा तारजाली निर्माणलाई प्राथमिकता दिएको छ । यो वर्ष मध्यवर्ती क्षेत्रको अमुवागाउँमा करिब तीन सय मिटर तारबार मेसजाली लगाउने योजना रहेको वडाध्यक्ष शालिकराम डाँगीले बताउनुभयो । 

राप्ती सोनारी–१ खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावरले धेरै दुःख दिने गरेको वडाध्यक्ष यमबहादुर खड्का बताउनुहुन्छ । उहाँले राप्ती सोनारी गाउँपालिकाले विगतका वर्षमा तारजालीको योजना ल्याए पनि गत वर्ष र यो वर्ष कुनै काम हुन नसकेको उल्लेख गर्नुभयो । तारजाली लगाएपछि जङ्गली जनावरबाट हुने क्षति केही कम भएको उहाँको भनाइ छ ।

पाँच सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्जको कोहलपुरबाट शिवखोलासम्म पूर्व–पश्चिम राजमार्गको दूरी ७२ किलोमिटर रहेको छ । निकुञ्जभित्र पर्ने तीन सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्जले पनि  तारजाली निर्माण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिनुभयो ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट मानव तथा बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न मध्यवर्ती क्षेत्रमा तारबारका लागि सङ्घीय सरकारसँग योजना माग गरिएको बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…