Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लाभग्राही युवा महिला छनोट

सम्वाददाता

सम्वाददाता

लाभग्राही युवा महिला छनोट
ADVERTISEMENT

नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ । 

क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गर्नु भएको बताउनुभयो । उहाँले यो परियोजनाले वातावरण प्रदूषण, ग्लोबल वार्मिंग र जैविक विविधता ह्रासलाई कम गर्दै हरित व्यापार र उद्यमहरूलाई बढावा दिने बताउनुभयो । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनामा सहभागि गराउने युवा महिलाको छनोटका लागि दुबै पालिकाका युवतीलाई अन्तरवार्तामा सहभागी गराइएको बताउनुभयो । 

अन्तर्वार्ता लिने कार्य राजापुर नगरपालिकाका रोजगार सहायक यमकुमार परियार, उद्यम विकास सहजकर्ता पूर्णबहादुर ओली र बाँके युनेस्को क्लबका परियोजना अधिकृत राधेकृष्ण थारूले संयुक्त रुपमा गर्नु भएको थियो । 

हरित व्यापार तथा उद्यममा संलग्न हुने गरी पहिलो चरणमा ३० जना महिलाको छनोट गरिने क्लबले जनाएको छ । छनोटमा परेका युवा महिलाले प्राङ्गारिक खेती, वर्मी कम्पोस्ट, टोपी, गुडियाजस्ता परम्परागत हस्तकलासम्बन्धी व्यावसायिक तालीम प्राप्त गर्ने युनेस्को क्लबका अध्यक्ष तुलाधरले जानकारी दिनुभयो । 

यसैविच बाँके युनेस्को क्लबका पदाधिकारी र व्यवस्थापन टोलीले परियोजनाका लागि महिला छनोट कार्यको स्थलगत अवलोकन गरेको छ । अवलोकनमा क्लबका मुख्य संरक्षक सिद्दिकी, अध्यक्ष तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…