Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा कुष्ठ रोगका २९ नयाँ विरामी फेला

डेक्स

डेक्स

बाँकेमा कुष्ठ रोगका २९ नयाँ विरामी फेला
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन । 
जिल्लाका विभिन्न स्थानीय तहका २९ जना नयाँ कुष्ठ रोगका विरामी फेला परेको साइनिङ् अस्पताल (आइएनएफ) बाँकेले जनाएको छ । 
यीमध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकामा ९, जानकीमा ४, कोहलपुरमा ३, नरैनापुरमा ४, नेपालगन्जमा ४, राप्तीसोनारीमा १, डुडुवामा २ र बैजनाथमा २ कुष्ठ रोगीका विरामी फेला परेको अस्पतालका इन्चार्ज मङ्गल चौधरीले जानकारी दिनुभयो । 
उहाँका अनुसार आर्थिक बर्ष ०८०।०८१ को ६ महिनामा विभिन्न जिल्लाबाट आएका नयाँ कुष्ठरोगका विरामीको सङ्ख्या ६० रहेको छ । बाँके बाहेक तीमध्ये भारतका १५, बर्दियाका ९, सल्यानका २, रुकुमका २, रोल्पा र हुम्लाका एक, एक सुदूरपश्चिमका एक जना कुष्ठ रोगका विरामीको उक्त अस्पतालमा उपचार भएको थियो । 
चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा अस्पतालमा ८३ जनाको स्वास्थ्य परीक्षण भएको बताइएको छ । 
“घट्दो वा वढ्दो देखिएको छैन तर केही नयाँ विरामी पनि फेला पर्दै गएका छन” अस्पतालका इन्जार्च चौधरीले भन्नुभयो । 
उहाँले जाँचका लागि घरघरमा पुगिएको उल्लेख गर्दै समाजले थाहा पाउने डरले विरामीले घर घरमा नआउन भनेको बताउनुभयो । 
“हामीले अहिले दुई तरिकाबाट यसका लागि काम गरिरहेका छौ, एउटा समुदायमा पुगेर र अर्को अस्पतालमा बोलाएर” उहाँले भन्नुभयो । 
कुष्ठ रोग एक प्रकारको सरुवारोग मध्ये कम सर्ने रोग  भएको जानकारी दिदै इन्चार्ज चौधरीले सो रोगले छाला र सतहको स्नायुमा असर गर्ने बताउनुभयो । 
अस्पतालका प्रशासन प्रमुख यम बहादुर केसीले स्नायु सुन्निएमा वा कानको लोती बाक्लो भएमा र शरिरमा गिर्खा देखिएको लक्षण भए कुष्ठ रोगको सम्भावना हुने बताउनुभयो । 
लामो समयदेखि कुष्ठ रोगका विरामीलाई सेवा दिँदै आएको अस्पतालले कुष्ठ रोगका विरामीलाई निशुल्क रुपमा औषधी प्रदान गर्दै आएको छ । 
उक्त रोग किटाणुबाट हुने अरु सरुवा रोग जस्तै भएको र दुईदेखि ५ बर्षभित्र रोगको प्रारम्भिक चिन्ह वा लक्षण देखा पर्ने बताइएको छ ।  सरकारले सन् २०३० सम्ममा कुष्ठ रोग निवारणको लक्ष्य राखेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…