Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

सम्वाददाता

सम्वाददाता

अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड
ADVERTISEMENT

नेपालगन्ज, ८ फागुन । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् ।

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत सरोकारवालासंग समिक्षा र प्रगति बैठकमा खास गरी अल्पसंख्यक समुदायभित्र पनि महिला, बालवालिका र बालविवाहका मुद्दा गम्भिर र संवेदनशिल रहेको सम्पादकहरुले बताएका थिए । 

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा गोरेटो अनलाईनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त संघर्ष गर्नसक्ने, बिचार प्रवाह गर्नसक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो, भन्नुभयो ।

महासंघ बाँकेका पूर्व अध्यक्ष तथा दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले अल्पसंख्यक समुदायका पत्रकारहरुलाई निरन्तर पत्रकारितामा लाग्न आग्रह गर्दै पत्रकारिता पेशा अन्य पेशा भन्दा फरक पेशा भएको बताउनुभयो । उहाँले अल्पसंख्यक समुदायभित्रकै पत्रकारका लागि राम्रो अवसर र सम्भावना भएकाले मिडियामा काम गर्न आग्रह गर्नुभयो ।

कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले विषय बस्तुको गहिराईमा पुगेर काम गर्न आवश्यक भएको भन्दै अल्पसंख्यक समुदायका मुद्दालाई संचारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अल्पसंख्यक समुदायको शसक्तिकरणले यो समुदाय मिडियाको मूल प्रवाहमा आउने उल्लेख गर्दै पत्रकारितामा दिगो रुपमा लाग्ने काम सहज नभएको बताउनुभयो । 

बागेश्वरी पोष्ट अनलाईनका सम्पादक नवीन गिरीले पत्रकारितामा मौलाएका विकृतिको चर्चा गर्दै अल्पसंख्यक समुदायका पत्रकारहरुले उठाएका विषय गम्भिर रुपमा उठेको बताउनुभयो । 

त्यसक्रममा कार्यक्रमको समापन गर्दै लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अल्पसंख्यक समुदायका मुद्दालाई सो समुदायले मात्रै गहन अध्ययन गर्न सक्ने उल्लेख गर्दै सत्य, तथ्य समाचार मात्र प्रकाशन हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो“ कतिपय अवस्थामा भ्रमपूर्ण समाचार पनि बाहिर आएका हुन्छन तर वास्तविक समाचार मात्रै बाहिर आउन आवश्यक छ” पत्रकारहरुले समाजलाई सचेत बनाउने काम गरिरहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका जनजिविकासंग जोडिएका समस्यासहितको सवाललाई पत्रकारले पहिलो प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारीले अल्पसंख्यक समुदायका मुद्दालाई अझ वढी प्राथमिकता दिन आग्रह गर्दै पत्रकारहरु स्वंय क्रियाशिल हुन आवश्यक भएकोमा जोड दिनुभयो । कार्यक्रममा अधिबक्ताहरु केवलसिंह थारु, हिरालाल श्रेष्ठ, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा द एशिया फाउण्डेन बुटवल कार्यालयका रघुनाथ राना र एन्जिना पन्थीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार कृष्ण अधिकारी संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम संयोजक रविन्द्रकुमार ज्ञवालीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । 

संस्थाले सञ्चालन गरेको परियोजना अन्र्तगत लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देही जिल्लावाट थारु र अवधी भाषी १५ जना पत्रकारहरुले विभिन्न सवालहरुमा खोजमुलक स्टोरीहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशन गर्नुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…